News Portal

गिट्टी कुटेर पढाई खर्चको जोहो गर्दै सबिन सेन, अनलाईन कक्षा एकादेशको कथा जस्तै !

८२६ पटक
२०७७ असार ११, बिहिवार

दिनेश सुवेदी/रोल्पा – केन्द्रमा बसेर भविष्यको राजनितिक लाभका लागि बोले जस्तो गर्ने विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व यतिबेला आम शैक्षिक समस्याप्रति बेखबर जस्तै बनेका छन्।

निजी विद्यालयको शुल्कमा आखा गाडेका संगठनहरूले दुर्गमका विद्यार्थीको समस्याका बारेमा बोल्ने गरेका छैनन्। कोरोना त्राससंग देशको ठुलो हिस्सा यतिबेला पठनपाठबाट टाढा छन्।

उनीहरूलाई अनलाईन कक्षा, टिभि र रेडियोका कक्षाहरू एकादेशको कथा जस्तै छ। अन्यौलपुर्ण शैक्षिक भविष्य बोकेका बालबालिका र तिनका अभिभावकहरू लामो समयको बन्दाबन्दीले दिक्क बनेका छन्।

घरायसी कामकाज, मजदुरी र बरालिएर बस्नु बालबालिकाको दैनिकी जस्तै बनेको छ। संघ र प्रदेश सरकारले जस्तै गाउँमा आएको भनिएको स्थानीय सरकारले पनि शैक्षिक अवस्था कसरी सुधार गर्ने भन्नेमा चासो दिएको छैन।

यतिबेला दुर्गममा बिपन्न परिवारका मात्र नभएर आम नागरिकका सन्तानहरू पनि अन्यौलतामा छन्। कतैकतै केही विद्यालयले रेडियो कक्षा संचालनको सुरुवात गरेपनि सोको जानकारी विद्यार्थीको दैलोसम्म पुगेको देखिदैन।

सुनिलस्मृती गाउँपालिका–६ गजुलका कक्षा ७ मा भर्ना भएका १३ वर्षीय सबिन सेन हिजोआज गाउँमै गिट्टी फुटाउन ब्यस्त छन्। लकडाउनले विद्यालय बन्द भएको सुनेका उनलाई कोरोनाको बिषयमा यो भन्दा बढि जानकारी छैन्।

विद्यालय कहिले खुल्छ वा अबको पढाई के हुने भन्ने बारेमा कोही कसैले कुनै जानकारी दिएको छैन। ‘किताब किनेको छ तर पढाई भएको छैन।

एक बोराको १ सय १० रुपैयामा गिट्टी बेच्ने उनलाई मेहनतको पैसाले पढाईमा सहज भने हुने छ। बुवाले मजदुरी र आमाले घरायसी काम गर्ने सबिनका एक दाई भारततीर छन् भने ३ कक्षामा पढ्ने बहिनी विद्यालय खुल्ने प्रतिक्षामा छिन्।

घर बस्दा र काम गर्दा अत्यास लागेको छ। अब त स्कुल जाने मन लाग्न थाल्यो।’ छोटो बिदा पाउँदा घरमा रमाउने सबिन जस्ता विद्यार्थीहरू विद्यालय खुल्ने प्रतिक्षामा छन्।

अनलाईन कक्षा सुन्दै नसुनेका उनलाई रेडियो र टिभिमा आउने पढाईका बारेमा पनि कसैले केही सुनाएको छैन। कोरोना महामारी त्रासको यो समयमा स्थानीय तह पनि अहिलेसम्म शैक्षिक मुद्धामा खासै प्रभावकारी ढंगले लागेको देखिदैन।

‘अहिलेलाई त्यस्तो खासै केही कार्यक्रम संचालन गरिएको छैन। वडाध्यक्ष अर्जुन सुबेदीले भने ‘यसपालीको बजेटमा गाउँपालिका स्तरबाट शिक्षा क्षेत्रमा गतिलो बजेट छुट्याएका छौं।

अब कसरी शिक्षा सुधार गर्ने छलफल हुने छ। उनका अनुसार हाललाई अनलाईन, रेडियो, टिभि कक्षाका बारेमा कुनै निर्णय भईसकेको छैन।

रोल्पा गजुलका सबिन सेन प्रतिनिधि पात्र मात्र हुन्। देशै भर हजारौं विद्यार्थीहरू अलमलका बिचमा दैनिकी बिताईरहेका छन्।

न राज्य केही बोल्छ न त राजनिति गर्ने विद्यार्थी संगठनहरूले विद्यार्थीलाई ढाडस दिन्छन्। त्यसो त अधिकांश शिक्षकहरू पनि लकडाउनलाई बिदाका रुपमा हेरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...