News Portal

  • गिट्टी कुटेर पढाई खर्चको जोहो गर्दै सबिन सेन, अनलाईन कक्षा एकादेशको कथा जस्तै !

    ७६४ पटक
    २०७७ असार ११, बिहिवार

    दिनेश सुवेदी/रोल्पा – केन्द्रमा बसेर भविष्यको राजनितिक लाभका लागि बोले जस्तो गर्ने विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व यतिबेला आम शैक्षिक समस्याप्रति बेखबर जस्तै बनेका छन्।

    निजी विद्यालयको शुल्कमा आखा गाडेका संगठनहरूले दुर्गमका विद्यार्थीको समस्याका बारेमा बोल्ने गरेका छैनन्। कोरोना त्राससंग देशको ठुलो हिस्सा यतिबेला पठनपाठबाट टाढा छन्।

    उनीहरूलाई अनलाईन कक्षा, टिभि र रेडियोका कक्षाहरू एकादेशको कथा जस्तै छ। अन्यौलपुर्ण शैक्षिक भविष्य बोकेका बालबालिका र तिनका अभिभावकहरू लामो समयको बन्दाबन्दीले दिक्क बनेका छन्।

    घरायसी कामकाज, मजदुरी र बरालिएर बस्नु बालबालिकाको दैनिकी जस्तै बनेको छ। संघ र प्रदेश सरकारले जस्तै गाउँमा आएको भनिएको स्थानीय सरकारले पनि शैक्षिक अवस्था कसरी सुधार गर्ने भन्नेमा चासो दिएको छैन।

    यतिबेला दुर्गममा बिपन्न परिवारका मात्र नभएर आम नागरिकका सन्तानहरू पनि अन्यौलतामा छन्। कतैकतै केही विद्यालयले रेडियो कक्षा संचालनको सुरुवात गरेपनि सोको जानकारी विद्यार्थीको दैलोसम्म पुगेको देखिदैन।

    सुनिलस्मृती गाउँपालिका–६ गजुलका कक्षा ७ मा भर्ना भएका १३ वर्षीय सबिन सेन हिजोआज गाउँमै गिट्टी फुटाउन ब्यस्त छन्। लकडाउनले विद्यालय बन्द भएको सुनेका उनलाई कोरोनाको बिषयमा यो भन्दा बढि जानकारी छैन्।

    विद्यालय कहिले खुल्छ वा अबको पढाई के हुने भन्ने बारेमा कोही कसैले कुनै जानकारी दिएको छैन। ‘किताब किनेको छ तर पढाई भएको छैन।

    एक बोराको १ सय १० रुपैयामा गिट्टी बेच्ने उनलाई मेहनतको पैसाले पढाईमा सहज भने हुने छ। बुवाले मजदुरी र आमाले घरायसी काम गर्ने सबिनका एक दाई भारततीर छन् भने ३ कक्षामा पढ्ने बहिनी विद्यालय खुल्ने प्रतिक्षामा छिन्।

    घर बस्दा र काम गर्दा अत्यास लागेको छ। अब त स्कुल जाने मन लाग्न थाल्यो।’ छोटो बिदा पाउँदा घरमा रमाउने सबिन जस्ता विद्यार्थीहरू विद्यालय खुल्ने प्रतिक्षामा छन्।

    अनलाईन कक्षा सुन्दै नसुनेका उनलाई रेडियो र टिभिमा आउने पढाईका बारेमा पनि कसैले केही सुनाएको छैन। कोरोना महामारी त्रासको यो समयमा स्थानीय तह पनि अहिलेसम्म शैक्षिक मुद्धामा खासै प्रभावकारी ढंगले लागेको देखिदैन।

    ‘अहिलेलाई त्यस्तो खासै केही कार्यक्रम संचालन गरिएको छैन। वडाध्यक्ष अर्जुन सुबेदीले भने ‘यसपालीको बजेटमा गाउँपालिका स्तरबाट शिक्षा क्षेत्रमा गतिलो बजेट छुट्याएका छौं।

    अब कसरी शिक्षा सुधार गर्ने छलफल हुने छ। उनका अनुसार हाललाई अनलाईन, रेडियो, टिभि कक्षाका बारेमा कुनै निर्णय भईसकेको छैन।

    रोल्पा गजुलका सबिन सेन प्रतिनिधि पात्र मात्र हुन्। देशै भर हजारौं विद्यार्थीहरू अलमलका बिचमा दैनिकी बिताईरहेका छन्।

    न राज्य केही बोल्छ न त राजनिति गर्ने विद्यार्थी संगठनहरूले विद्यार्थीलाई ढाडस दिन्छन्। त्यसो त अधिकांश शिक्षकहरू पनि लकडाउनलाई बिदाका रुपमा हेरिरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...