News Portal

बालिकालाई भारतको डान्सबारमा बेच्न लैजादैँ गर्दा पक्राउ

हिमाली संचार संवाददाता
५७३ पटक
२०७७ असार ८, सोमबार

इटहरी – नेपाली बालिकालाई भारतको डान्सबारमा बेच्न लैजादैँ गर्दा इटहरीका २२ बर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकमा प्रविण तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर उपमहानगरपालिका–५ लगनखेलकी १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भन्दै फकाएर भारत पुर्‍याउने दुई जनालाई मानव बेचविखन अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेको हो।

भारतीय प्रहरीको सहयोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे १ घोडाथली घर भई हाल सुनसरी इटहरी २० तरहरा बस्ने २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखु घर भई हाल पोखरा बस्ने २८ वर्षीय प्रविन तामाङ रहेका छन्।

उनीहरुलाई नेपाल ल्याएर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारवाही अगाडि बढाइएको छ। टाकुरान्युजबाट

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...