कुवेत, जुलाई २५- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले नेपालबाट अतिथि कलाकार ल्याएर सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब मनाउने भएको छ |
समाजले अंग्रेजी नयाँ बर्ष २०१९ को जनवरी ४ तारिख शुक्रबार सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब भव्य रुपमा मनाउने समाजका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए |
कुन कलाकार ल्याउने भन्ने टुंगो लागि नसकेको आयोजकले बताएको छ | कार्यक्रम हुने स्थानको खोजि भैरहेको महासचिब निरुमाया खड्काले बताइन |
म्युजिक धमाकाको सम्पूर्ण जानकारी केहि दिनमै आउने आयोजकले जानकारी गराएको छ | आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले उक्त दिन कुवेतमा क्रियाशील संघसंस्थाले कुनै कार्यक्रम नजुधाई कार्यक्रम सफल पार्न सहयोग गरिदिन अनुरोध पनि गरेको छ |