News Portal

पुर्वसांसदको ठेक्कामा मनपरि नदि दोहन्

हिमाली संचार संवाददाता
४०२ पटक
२०७७ जेठ ३०, शुक्रवार

जीतपुर – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुरमा २ वटा बाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन्।

पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै नदिबाट नदिजन्य पदार्थ निकासी गरेका हुन्।

स्थानिय टेक्टरको प्रयोग गरि नगरका केहि जनप्रतिनिधिहरुलाई सांसदको हैकम चलाउदै मिलेमत्तोमा सिफारिस बनाउदै मनपरि गरेको पाईएको हो। अहिले ठेक्का नै नलागेको संरक्षित ठाउँबाट मनपरि तरिकाले नदिजन्य पदार्थ निकासी भैरहेको छ।

सड्क निर्माणमा ७०/३० को योजना रहेको र ३० प्रतिशत स्थानियको योगदान नदिको बेसमालबाट मिलाईदिने स्थानियलाई प्रलोभनमा पारि सांसद थारुले ठेक्काबाट बढी लाभ लिन यसरी खुलेयाम दोहन गरेका हुन्।

वडाध्यक्ष सुकदेव प्रसाद चौधरीले भने नगरपालिकाको सिफारिसको आधारमा खोलामा टेक्टर पठाईएको र सो बारेमा प्रहरी प्रशासनलाई जानकारी पनि भएको बताउनु भएको छ।

तर नगरप्रमुख मंगल प्रसाद थारुले डपिगं गरेर राखिएको नदीजन्य पद्धार्थ निकाल्नको लागि वडा कार्यालयबाट सिफारिस आएको सोही आधारमा आफुले सिफारिस बनाएर दिएको जानकरी दिनुभयाे।

यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पंन्थीले यसबारेमा आफुलाई जानकारी नभएको बताउनु भयो।

यसरी प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी नदिई सिफारिस बनाएर एकाएक संरक्षित क्षेत्रबाट नदीजन्य पद्धार्थ निकालिनु स्थानिय जनप्रतिनीधि र ठेकेदारबीच मिलोमतो हुन सक्ने स्थानीयहरुले आंशका गरेका छन्।

सो विषयमा आफुलाई जानकारी हुन साथ प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले जानकारी दिनु भएको छ।

नगरपालिकाले नै सिफारिस बनाएर नदीजन्य पद्धार्थ निकाल्न दिएकोले आफुहरुले रोक्न नमिल्ने प्रजिअ पौडेलले बताउनु भयो। (उज्यालोपोस्टबाट)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...