News Portal

पुर्वसांसदको ठेक्कामा मनपरि नदि दोहन्

हिमाली संचार संवाददाता
४३२ पटक
२०७७ जेठ ३०, शुक्रवार

जीतपुर – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुरमा २ वटा बाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन्।

पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै नदिबाट नदिजन्य पदार्थ निकासी गरेका हुन्।

स्थानिय टेक्टरको प्रयोग गरि नगरका केहि जनप्रतिनिधिहरुलाई सांसदको हैकम चलाउदै मिलेमत्तोमा सिफारिस बनाउदै मनपरि गरेको पाईएको हो। अहिले ठेक्का नै नलागेको संरक्षित ठाउँबाट मनपरि तरिकाले नदिजन्य पदार्थ निकासी भैरहेको छ।

सड्क निर्माणमा ७०/३० को योजना रहेको र ३० प्रतिशत स्थानियको योगदान नदिको बेसमालबाट मिलाईदिने स्थानियलाई प्रलोभनमा पारि सांसद थारुले ठेक्काबाट बढी लाभ लिन यसरी खुलेयाम दोहन गरेका हुन्।

वडाध्यक्ष सुकदेव प्रसाद चौधरीले भने नगरपालिकाको सिफारिसको आधारमा खोलामा टेक्टर पठाईएको र सो बारेमा प्रहरी प्रशासनलाई जानकारी पनि भएको बताउनु भएको छ।

तर नगरप्रमुख मंगल प्रसाद थारुले डपिगं गरेर राखिएको नदीजन्य पद्धार्थ निकाल्नको लागि वडा कार्यालयबाट सिफारिस आएको सोही आधारमा आफुले सिफारिस बनाएर दिएको जानकरी दिनुभयाे।

यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पंन्थीले यसबारेमा आफुलाई जानकारी नभएको बताउनु भयो।

यसरी प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी नदिई सिफारिस बनाएर एकाएक संरक्षित क्षेत्रबाट नदीजन्य पद्धार्थ निकालिनु स्थानिय जनप्रतिनीधि र ठेकेदारबीच मिलोमतो हुन सक्ने स्थानीयहरुले आंशका गरेका छन्।

सो विषयमा आफुलाई जानकारी हुन साथ प्रहरी पठाएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौडेलले जानकारी दिनु भएको छ।

नगरपालिकाले नै सिफारिस बनाएर नदीजन्य पद्धार्थ निकाल्न दिएकोले आफुहरुले रोक्न नमिल्ने प्रजिअ पौडेलले बताउनु भयो। (उज्यालोपोस्टबाट)

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...