News Portal

  • सेयर गर्नुहोस् आज जेठ १९ गते सोमबारको राशिफल

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल
    ९१९ पटक

    आज वि.सं.२०७७ साल जेठ १९ गते सोमवार || सन् २०२० जुन १ तारीख || नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। परिस्थितिवश सामान्य काममा अलमल बढ्नेछ। पहिलेका कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले मात्र फाइदा दिलाउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नियमित काम सम्पादन गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...