News Portal

पाइलटलाई कोरोना, मस्को नपुग्दै विमान फर्कियो

हिमाली संचार संवाददाता
४६६ पटक
२०७७ जेठ १७, शनिवार

एजेन्सी – एयर इण्डियाका पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको छ।

शनिबार बिहान दिल्लीदेखि मस्को उडेको एयरबस ए-३२० नियो (भिटी-इएक्सआर) का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको हो।

उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि जान दिएका थिए। तर पछि अर्का व्यक्तिले पुन: चेक गर्दा गल्ती भएको थाहा भयो।

त्यतिञ्जेल विमान उज्बेकिस्तान पुगिसकेको थियो। त्यहीबाट विमानलाई फिर्ता बोलाइएको हो। भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो।

उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाउन लागेको टाइम्स अफ इण्डियाले जनाएको छ।

चालकदल फर्किएलगत्तै क्वारेन्टिनमा पठाइएको छ। अहिले विभिन्न राष्ट्रमा रहेका आफ्ना नागरिकलाई फर्काउन एयर इण्डियाको विमान प्रयोग गरिएको छ। हरेक विमान उड्नुअघि चालकदलको कोरोना परीक्षण हुने गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...