News Portal

रेडियो भेरी सुर्खेतका केशव ढकाल सहित ७ पत्रकारहरु पुरस्कृत हुदै

हिमाली संचार संवाददाता
१५३६ पटक

राजु बोहरा/काठमाडौँ – मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सिफारिस र उक्त बिषयमा अन्तरक्रियात्मक कार्यक्रम हिजो काठमाडौँको नयाँ बानेस्वर स्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न भएको छ ।

बिन्ध्यबासिनी फाउण्डेशनका सल्लाहकारहरू, बिन्ध्यबासिनी फाउण्डेशनका आजिबन सदस्यहरु तथा बिन्ध्यबासिनी फाउण्डेसनबाट बिभिन्न समयमा सम्मानित हुनुभएका श्रष्टा कलाकार तथा पत्रकारहरू बाट सिफारिस भई आएको नामहरू उपर छलफल गरी निम्नलिखित व्यक्तित्वहरुलाई यस बर्षको सम्मान तथा पुरस्कार दिने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

बिन्ध्यबासिनी संगीत साधना सम्मान २०७५ , गायिका श्री ज्ञानु राणालाई प्रदान गरिने उक्त “बिन्ध्यबासिनी संगीत साँझ २०७५” मा यस बर्षबाट देश संघियताको ढाँचामा अगाडी बढिरहेको सन्दर्भमा, बिन्ध्यबासिनी पत्रकारिता पुरस्कार पनि हरेक प्रदेशबाट एक जना छनौट गरि ७ प्रदेशबाट ७ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय पनि भएको छ । “बिन्ध्यबासिनी संगीत साँझ २०७५” मा पुरस्कृत हुने पत्रकारहरुको नाम तल उल्लेख गरिएको छ ।

१ . सपनी राई (इलाम एफएम)
२ . शिभम कुमार शाह (नारायणी एफएम र बिरगंज टिभि)
३. हरि बल्लभ नेपाल ( मेरो एफएम )
४. प्रकाश पौडेल (धौलागिरी टेलिभिजन)
५. अनिता खत्री (रेडियो रेसुङ्गा )
६. केशब ढकाल (भेरी एफएम)
७. कृष्ण ओली (बाजुरा एफएम र नागरिक दैनिक)

यस बर्षबाट “बिन्ध्यबासिनी संगीत साँझ २०७५“मा कुनै एक सर्जकको श्रृजना मात्र प्रस्तुत गर्ने नयाँ परम्पराको थालनी भएको कुरा पनि जानकारी प्राप्त भएको छ । जसमा यो बर्ष संगीतकार श्री अर्जुन पोखरेल ज्यूको श्रृजना गुन्जायमान रहनेछ । अर्जुन पोखरेल एकल साँझको रुपमा आयोजना हुने उक्त “बिन्ध्यबासिनी संगीत साँझ २०७५“मा अहिलेका चर्चित अनि व्यस्त संगीतकारलाई लिएर बिन्दावासिनी फाउन्डेसनको आयोजनामा मुक्तिनाथ बिकास बैंकले असोजको अन्तिम साता एकल साँझ गर्न लागेको हो ।

अर्जुन पोखरेल एकल साँझमा अर्जुन सँगै उनले संगीत तथा स्वरमा सहकार्य गरेका अन्य चर्चित गायक र गायिकाले पनि आफ्नो प्रस्तुति दिनेछन् । जसमा सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, मञ्जु पौडेल, रामजी खाँड, सुरेश लामा, स्वेच्छा ठकुरी, सन्तोष लामा लगायत झण्डै एक दर्जन उक्त साँझका लागि तय भएका छन् ।

साथै बिन्ध्याबसिनी म्युजिक अवार्ड २०७५ मा बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७५ , संगीतकार शक्ति बल्लभलाई, बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७५, गायक सुगम पोखरेल, बिन्ध्यबासिनी कलापत्रकारीता सम्मान २०७५ , श्री रमण घिमिरे, बिन्ध्यबासिनी चलचित्र सम्मान २०७५, निर्देशक श्री मिन बहादुर भाम (कालो पोथी) लाई प्रदान गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...