News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शेयर गरौं आज जेठ १३ गते मंगलवारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल
    ७३५ पटक

    आज वि.सं.२०७७ साल जेठ १३ गते मंगलवार || सन् २०२० मे २६ तारीख || नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। तर, नयाँ परिवेशमा पुगिए पनि दुविधाले निर्णायक मोड लिनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    प्रतिकृया दिनुहोस्

    परराष्ट्रले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई मान्यता, विश्वभरका दूतावासलाई गर्‍यो पत्राचार (पत्रसहित)

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई...

    रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

    काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर...

    लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय...

    सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका...

    रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

    काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण...