काठमाडौँ — एग्जिमा (दाद) हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय, धेरै जसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर, यस किसिमको धारण भने राख्नु ठिक होईन । होमियोप्याथिक चिकित्साबाट यसको उपचार संभव छ ।
‘एग्जिमा (दाद)’ बाट बच्ने उपायहरु
लक्षण: एग्जिमा अर्थात दादमा पहिला छालामा रातो भइ सा-साना बिमिराहरु आउँछन् । त्यसमा पानी निस्किन थाल्छ र पाप्रो बस्छ । चिलाउन थाल्छ । कन्ययो भने झन बढेर जान्छ ।
कारण : एग्जिमाको शुरुवात हुने कईयो कारणहरु छन् । बाह्य कारण र अर्को आन्तरिक कारण । बाह्यबस्तुहरुबाट एलर्जी हुनु । जस्तै, साबुन, रबरको चप्पल (हवाई चपल्ल), सिमेन्ट, रगंरोगन, बिन्दी, लिपिस्टिक, नक्कली गरगहना, हेयरडाई, शेविंग क्रिम, फेस क्रिम, चश्माको फ्रेम, घडीको चेन ईत्यादि । यसैगरी कतिपयलाई घाँस परालबाट पनि एलर्जी हुन्छ । कसै-कसैमा खुट्टाको नशा फुल्ने (भेरिकोस भेन) रोग ले गर्दा पनि खुट्टामा एग्जिमा हुन सक्छ । केहि मानिसहरुमा दाद रिगंवर्म (गोलो आकार) मा आएको देखिन्छ । त्यसबाट पानी निस्किन्छ । केहि महिनासम्म ठिक रहन्छ र फेरी त्यस्तै भईहाल्छ । यस किसिमको दाद पुरुषको भन्दा महिलाहरुमा बढी देखिन्छ । यस किसिमको दाद प्राय, कुनै ईन्फेक्शन अथवा एलर्जी ले गर्दा हुन्छ । जबसम्म यसको कारणलाई हटाईंदैन तबसम्म यो बारम्बार भई नै रहन्छ ।
केहि व्यक्तिमा सुख्खा दाद देखिन्छ । जुन कन्याउनले झन बढेर जान्छ । यस किसिमको दाद खास गरी गर्धनको पछाडि, खुट्टा वा पाखुरामा बढी देखिन्छ । यदी टाउकोमा चायाँ (डेन्डड्रफ) बढी छभने केहि व्यक्तिहरुको शरीर फैलिनाले जिउमा नै एक्जिमा हुन्छ । यसैगरी कसै-कसैमा घामको एलर्जीले गर्दा शरीरको खुल्ला भागहरु अनुहार, गर्धन, पाखुरा आदि ठाउँमा रातोभई सा-साना दाना निस्किन्छ । जुन बिस्तारै-बिस्तारै एक्जिमाको रुप धारण गर्दछ । केहि व्यक्तिहरुमा आन्तरिक ईन्फेक्सन, धेरै एलोप्याथिक औषधिको सेवन या रगतको खराबीले हात या खुट्टाको औंलाहरुमा सा-साना पानीको फोका खासगरी गर्मीको याममा एग्जिम हुन्छ । तीन/चार सातामा यो आफै ठिक पनि भई हाल्छ । केहि समय पछि पुन: प्रकट हुन्छ र कन्याउँदा झन बढेर एक्जिमाको रुपमा देखिन्छ ।
केटा-केटीहरुमा पनि हुन्छ एक्जिमा : दाद (एक्जिमा) बयस्यकहरुलाई मात्र हुँदैन कि बालबालिकहरुमा पनि हुन्छ । साना बच्चामा एटोपिक एक्जिमा हुन्छ । जुन सात महिनाको आयुमा बच्चाको अनुहारमा देखिन्छ र केहि महिनासम्म रहन्छ । फेरि ५/६ वर्षको उमेरमा देखिन्छ । अनुहार, पाखुरा र घुँडाको पछाडि भागमा हुन्छ । तीस वर्षको उमेर पछि एटोपिक एक्जिमा हात र खुट्टामा मात्र हुन्छ । केहि बच्चाहरुको अनुहार या कानको पछाडि डेन्ड्रफ (चायाँ) को कारणले पनि दाद हुन सक्छ । यसैगरी बच्चाले पिसाव गरेको कट्टु फेरिएन भने तिघ्रामा लाली या बिमिरा आउँछ र त्यसको उपचार गरिएन भने एक्जिमाको रुप लिन सक्छ ।
बचावका केहि उपायहरु : एक्जिमा हुन नदिन वा यसवाट बच्नको लागि सावधान हुन आवश्यक छ । जुन बस्तुको प्रयोगले छाला रातोहुन्छ, चिलाउँछ, बिमिरा निस्किन्छ त्यस्ता बस्तुहरुको प्रयोग गर्नु हुँदैन । सानो मसिनो बिमिरा आउने बित्तिकै बढि कन्यउनु हुँदैन, पसिना सुकेपछि कन्यउनले पनि एक्जिमा हुन सक्छ । गर्मीमा चिसो वातावरणमा बस्नु पर्छ तथा प्रिकलिहिट पाउडर आदिको प्रयोग गर्नुपर्छ । बच्चाहरुले पिसाव गरेको कट्टु बेला-बेलामा बदलिरहनु पर्छ । घामबाट एलर्जी हुनेले पुरा बाहुला भएको लुगा लगाउने र घाम, बिजुलीको ट्युवलाइटको प्रकाश, टेलिभिजनको किरणबाट बच्नु पर्छ ।
होमियोप्याथिक उपचार : एक्जिमा (दाद) को उपचारको लागि रोगी को मानसिक एवं शारीरिक तथा पारिवारिक लक्षणहरु लाई मध्येनजर राखेर सफलता पूर्वक प्रयोग हुने केहि औषधिहरु निम्न लिखित छन् । औषधिहरु : ग्रेफाईटिस्, मिजेरियम, सल्फर, हिपर सल्फ, साईलिसिया, क्रोटनटिंग, टेल्युरियम, सोराईनम ईत्यादि । अत: एग्जिमाको लक्षण देखिने बित्तिकै आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकसंग परामर्श लिई उपरोक्त औषधिहरुको सेवन गर्नु उचित हुन्छ ।
अस्तु ।
फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने
काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...
घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी
क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...
द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’
नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...
मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी
काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...
एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग
काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...
- कोरियाली अभिनेत्री योङले गरिन् छोरासहित मार्दी हिमालको आरोहण
- कार्तिक १७ गते शनिबारको तपाईको आजको राशिफल
- तोलामा १ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
- कार्तिक २२ गते बिहीबारको तपाईको आजको राशिफल
- कार्तिक २० गते मंगलबारको तपाईको आजको राशिफल
- प्रतितोलामा २४ सयले घट्याे सुनको मूल्य
- कार्तिक २६ गते सोमबारको तपाईको आजको राशिफल
- कार्तिक १८ गते आईतबारको तपाईको आजको राशिफल
- कार्तिक २३ गते शुक्रबारको तपाईको आजको राशिफल
- सभापति शेरबहादुर देउवालाई खुला पत्र