News Portal

  • आलमको घर छापा मार्न गएका प्रहरी गाउँलेको घेराबन्दीमा परेपछि…

    हिमाली संचार संवाददाता
    ४९३ पटक
    २०७७ जेठ ९, शुक्रवार

    रौतहट — बम विस्फोट घटनालाई लिएर नक्खु कारागारमा पुर्पक्ष थुनामा रहेका पूर्वमन्त्री एवम कांग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ।

    आफताबका भाइ महताब आलमको खोजीमा छापा मारेको प्रहरीले उनलाई फेला पार्न भने सकेन । बरु उल्टै सयौं स्थानीयले घेरा हालेपछि कयौं राउन्ड हवाई फायर गर्नुपर्‍यो।

    प्रहरीका अनुसार महताब घर आएको सूचना पाएपछि बारा र प्रदेश प्रहरी जनकपुरको संयुक्त टोलीले छापा मारेको हो। घरमा तीन–चारवटा सम्म गेट थिए। ती सबै फोडेर भित्र पस्न प्रहरीलाई समय लागेको थियो तर, गाउँलेले प्रहरीले सर्च गरेको भन्ने नै थाहा पाएनन्।

    उनीहरूले तोडफोड भएको सुनेपछि नजिकको मदरसाबाट माइकिङ गरी गाउँलेलाई जम्मा हुन उर्दी गरियो। त्यस क्रममा झन्डै ५ सयको हाराहारीमा गाउँलेले घेराबन्दी गरेको एक सुरक्षा अधिकृतले बताए। ‘आलमका भाइ महताब आएको भन्ने सूचना पाएपछि नियन्त्रणमा लिन गएका हौं,’ उनले भने, ‘राति गाउँलेले घेरा हालेपछि १२ राउन्ड हवाई फायर गरेर बाहिरियौं।’

    प्रहरीका अनुसार घरमा पूर्वमन्त्री आलमका परिवार सदस्य मात्र सुतेका थिए। आलमका ३ नातेदारको घरमा पनि छापा मारिएको थियो तर, प्रदेश प्रहरीले छापा मार्न लागेको कुरा जिल्ला प्रहरीप्रमुखलाई नै जानकारी गराइएको थिएन। प्रहरीको यो शैलीले आलमका परिवार त्रासमा परेको राजपुरका मेयर सेख सकिलले बताए।

    ‘यो त डकैती शैली भयो। अन्यायको पराकाष्ठा नाघेर प्रहरीले जे मन लाग्यो त्यही गर्न पाउँछ ?,’ उनले भने, ‘कम्तीमा हामीसित समन्वय गरेको भए सहयोग गर्थ्यौं। यस्तो हर्कतको घोर भर्त्सना गर्छौं।’ सकिलको घर आलमको घरनजिकै छ। त्यहाँ मुस्लिम समुदायको घना बस्ती छ।

    जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले अहिले स्थिति सामान्य भइसकेको बताए। ‘राति तनाब भए पनि अहिले सामान्य छ,’ उनले भने, ‘स्थिति तनाबग्रस्त बनेपछि जिल्लाबाट पनि टोली पठाएका थियौं।’ पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर, फरहदवास्थित पूर्वमन्त्री सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।

    पूर्वमन्त्री आलममाथि उक्त घटनाका मृतक र घाइतेलाई चिम्नीभट्टीमा हालेको आरोप छ। उक्त घटनाका मृतकमध्ये सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरका परिवारले आलम र उनका भाइलगायतविरुद्ध किटानी जाहेरी दिएका थिए। आलमलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो। उनका भाइ महताब फरारको सूचीमा छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...