News Portal

पत्रकारको कार्ड बोकेर चोर्ने कार्यमा संलग्न पक्राउ

हिमाली संचार संवाददाता
३८५ पटक
२०७७ जेठ ७, बुधवार

काठमाडौं- प्रहरीले लकडाउनको मौका छोपेर पत्रकारको कार्ड बोक्दै चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बारा स्थायी घर भई ओमबहाल बस्ने अनिल आलम मिया रहेका छन् ।

उनीहरुले सिनामंगलस्थित एक होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत २४ गते चाबहिल भत्केको पुलस्थित सुविन मानन्धरको घरबाट ल्यापटप र आइप्याड चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको टोलीले बैशाख ६ गते चोरीका सामाग्रीसहित पक्राउ गरेको हो । साथै उनीहरुबाट ५३ हजार अमेरकी डलर, २ सय चाइनिज युयान र धारिलो हतियार पनि बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले भेटेपछि सोधपुछका क्रममा पत्रकार भएको भन्दै एक टेलिभिजनको परिचय पत्र देखाएर भाग्न खोजेका थिए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...