News Portal

शेयर गरौ आज वैशाख ३१ गते बुधबारको राशिफल

ज्योतिष नारायणप्रसाद दुलाल
७७२ पटक

आज बि.सं. २०७७ साल वैशाख ३१ गते बुधवार || सन् २०२० मे १३ तारिख || नेपाल संवत ११४०


मेष
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन्। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ।

वृष
आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

मिथुन
शैक्षिक क्षेत्र कमजोर नै रहला। अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ।

कर्कट
आज सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योगपनि रहेको छ।

सिंह
आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

कन्या
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। आम्दानी बढाउने योजना गर्न सकिनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

तुला
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा धन खर्च हुनेछ। शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ।

वृश्चिक
आज मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

धनु
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। धार्मिक कार्यमा मन जानेछ। व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्नेछ।

मकर
आँटेको र ताकेको कार्य अघि बढ्नेछ। पारिवारिक सहयोग र सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

कुम्भ
विद्या र बुद्धिको ह्रास हुनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ।

मीन
धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जोश जाँगर र हिम्मत बढ्ला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...