News Portal

  • शेयर गरौं आज वैशाख २७ गते शनिबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल
    ७६६ पटक

    वि.सं.२०७७ साल वैशाख २७ गते शनिवार || सन् २०२० मे ०९ तारीख || नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्ला। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    खानपान र मनोरञ्जनका लागि फजुल खर्च र दौडधुप हुनेछ। अनावश्यक कामलाई सञ्चित रकम खर्चनुपर्ला। निम्तो आए पनि यात्रा कष्टपूर्ण र आतिथ्य खर्चिलो बन्नेछ। वादविवाद भए पनि प्रेमको बन्धन कसिनेछ। सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले काममा समस्या निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूबाट सावधान भने रहनुपर्ला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू समेत पछि पर्नेछन्। प्रतिष्ठित काम सम्पादन गर्ने सौभाग्य प्राप्त हुनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    नियमित काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले पनि सामान्य सहयोग जुटाउनेछन्। व्यापारमा सामान्य फाइदा हुनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मनोरञ्जनमा अलमलिनाले महत्त्वाकांक्षी काममा बाधा हुन सक्छ। सुरुमा लोभ–लालच देखाउनेहरूले फसाउन सक्छन्। काममा अरूको भर पर्दा धोका पाइनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि यात्राका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल हातलागी हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुन सक्छ। पहिले प्रतिस्पर्धा गर्नेहरूले पनि अन्त्यमा साथ दिनेछन्।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    विवादास्पद कामलाई टुंगो लगाउँदै लोकप्रियता हासिल गर्न सकिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ र पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। तर अरूको भर पर्ने बानीले लक्ष्य पूरा नहुन सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २ गतेको राशिफल

    आज साउन २, २०८२ (जुलाई १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा...

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा...

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...