News Portal

पुजीवाद र भ्रष्टाचारको अन्तरसम्बन्ध

प्रदीप सुनुवार
६४८ पटक
१८ चैत्र २०७६

काठमाण्डौ। संसारभरी आज पुजीवादी व्यवस्थाको हैकम स्थापित छ। हामीले चाहेर या नचाहेर यसको चर्तिकला हेर्न बाध्य हुनु परेको छ। पुजीवाद मानव सभ्यताको विकास क्रमलाई हेर्दा यो चौथो चरणको अवस्था मानिन्छ। यसअघिका तीन व्यवस्था थिए जुन १) आदिम साम्यवाद २) दास व्यवस्था ३) सामन्तवाद हुँदै आजको पुजीवादी व्यवस्थामा आइपुगेका छौ।

वास्तवमै पुजीवाद के हो? पुजीवाद माल उत्पादनको एक रुप हो। माल उत्पादन भनेको बजारमा बेच्नको लागि वस्तुहरुको उत्पादन गर्ने कार्य हो। उत्पादक शक्तिको रुपमा पुजीको विकास भएपछि पुजीवादको आरम्भ भयो। यसका गुण र दोष के हो? यसलाई पनि भुझ्न जरुरी हुन्छ। 

पुजीवाद भनेको, माक्सवादी परिभाषामा भन्दा उत्पादनका साधनहरुको निजी स्वामित्व तथा ज्यालादारी श्रमशोषणमा आधारित व्यवस्था नै पुजीवाद हो। यो व्यवस्था विकासका विभिन्न चरणबाट गुज्रिन्छ । यस क्रममा स्वतन्त्र प्रतियोगिता, जुन पुजीवादको पहिलो चरणको विशेषता हो, यो प्रक्रिया हुँदै उत्पादक शक्तिहरुको उच्च विकास, प्रविधिको उन्नति, उत्पादनको केन्द्रीकरण एकाधिकारीहरुको गठन र साम्राज्यवाद तर्फ उन्मुख हुन्छ। इतिहासमा पुजीवादले द्वैध चरीत्र प्रदर्शन गरेको देखिन्छ । त्यसले निरंकुश सामन्ती शासनविरुद्ध क्रान्तिगरेर किसानहरूलाई सामन्तवादी जञ्जीरबाट मुक्ति दिलायो र नागरिकलाई निरंकुशताको बदलामा व्यक्ति स्वतन्त्रता एवं समान अवसर प्रदान गर्‍यो ।

“पुजीवादले द्वैध चरीत्र प्रदर्शन गरेको देखिन्छ । त्यसले निरंकुश सामन्ती शासनविरुद्ध क्रान्तिगरेर किसानहरूलाई सामन्तवादी जञ्जीरबाट मुक्ति दिलायो र नागरिकलाई निरंकुशताको बदलामा व्यक्ति स्वतन्त्रता एवं समान अवसर प्रदान गर्‍यो ।

सबैले फुक्का भएर सम्पत्ति कमाउने र उद्योगधन्दा चलाउने मौका पाए। यस अर्थमा सामन्तवादी व्यवस्था भन्दा पुजीवादी व्यवस्था प्रगतिशील मानिन्छ । तर नाफा आर्जनका लागि श्रमिकमाथी नयाँ ढंगले शोषण गरेर समाजमा निर्धनता बढाएकोले त्यसको चरित्र जनविरोधी हुन गएको छ।

संसारमा हरेक वस्तु आफ्नो विकास क्रमअनुसार उत्पति, विकास, विनाश यी तीनै रुपले सुसज्जित हुन्छन् । यसको विकास संगै समाज दुई भागमा विभाजन हुन पुग्छ, जसलाई पुजीपति वर्ग र श्रमिक वर्ग भनिन्छ । यी दुई वर्गको बीचमा अपुरणिय वर्गसंघर्ष चलिरहन्छ। पुजीवादलाई वर्गीय व्यवस्था पनि भनिन्छ ।

पुजीवादको विकासक्रमलाई तीन चरणहरुमा विभाजन गरिएको छ। १) संरक्षित पुजीवाद २) प्रतिस्पर्धी पुजीवाद ३) एकाधिकारी पुजीवाद रहेका छन। संरक्षित पुजीवाद १४ औ शताब्दीबाट आरम्भ भएर १६ औ शताब्दी सम्म अस्तित्वमा रहेको थियो। यो चरणमा पुजीवाद नियंत्रित थियोे । यसको मुख्य आधार व्यापार थियो । प्रतिस्पर्धी पुजीवादको चरण १६ औ शताब्दीबाट शुरु भएर १९ औ शताब्दीसम्म रहेको थियो । यो पुजीवाद औधोगिक पुजीवाद थियोे । नियंत्रित पुजीवादले प्रतिस्पर्धी पुजीवादमा संक्रमण गरेपछी विनिमयबाट अतिरिक्त मुल्य प्राप्त हुन छाडयो । यो व्यवस्थाको मुख्य उदेश्य उत्पादनबाट अतिरिक्त मुल्य प्राप्त गर्नु थियो, फलस्वरूप व्यापारको सट्टा उद्योग र कृषि क्षेत्रले प्रमुख स्थान प्राप्त गरे।

“आज राजनीतिक दलले चुनाव लडदा करोडौं खर्च गर्ने सत्ता प्राप्त भएपछि असुल उपर गर्ने उता कर्मचारी नियुक्त हुनको लागि घुस दिएर भएपनी जागीर प्राप्त गर्ने फेरि उसले पनि भ्रष्टाचार नै गर्ने। पुजीवादले समाजको नजीर पनि यस्तो बनाइदिएको छ कि,कुनै मानिसको सफलता असफलता भनेको उसको आर्थिक पक्ष नै हुन्छ। 

एकाधिकार पुजीवादको शुरूवात दोस्रो विश्व युद्धको समाप्ति संगै भएको थियोे । यो युद्ध पश्चात् ठुला राष्ट्रहरुले पुजीवादलाई प्रतिस्पर्धाबाट एकताको चरण तर्फ मोड्नु बाध्यता नै बन्न पुग्यो । शुरूवातमा पुजीवादको प्रतिस्पर्धालाई अनिवार्य शर्त नै मानिन्थ्यो। अब हामी भ्रष्टाचार के हो र यसको पुजीवाद सितको अन्तरसम्बन्ध के हो भन्ने विषय तर्फ लागौं । भ्रष्टाचार भन्नाले कुनै पनि नागरिकले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक कार्यहरुलाई भ्रष्टाचार भनिन्छ । सार्वजनिक पदमा रहेका पदाधिकारीहरूले आफूमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा निम्ति प्रयोजन गर्नु नै भ्रष्टाचार हो । ट्रान्सपरेन्सी ईन्टरनेशनल २०१८ सालको प्रतिवेदन अनुसार नेपाल विश्वका १८० देश मध्ये नेपालले ३१ अंक ल्याई १२४ औ स्थानमा रहेको छ । 

विश्वका १८० मुलुकहरु किन भ्रष्टाचारमा लिप्त छन, यसको कारण के हो? आजको अत्यधिक विश्व जगत पुजीवादि व्यवस्थामा नै रहेको पाइन्छ । यो परिवेशमासामाजिक मान्यता, राजनीति, धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य, रोजगारी यी सबै किसिमको आधारभुत विषय कहाँ छन ।

यसलाई कसरी मापन गरिन्छ भन्दा मुद्रा वा रुपैया नै हो। यो व्यवस्थाको कशी नै पुजीले निर्धारण गर्दछ। हाम्रो नेपालकै सन्दर्भमा कुरा गर्दा यहाँ हुने राजनैतिक भ्रष्टाचार, कर्मचारीतन्त्रमा हुने भ्रष्टाचार दिन प्रतिदिन बढिरहनु पछाडीको मुल कारण के हो? आज राजनीतिक दलले चुनाव लडदा करोडौं खर्च गर्ने सत्ता प्राप्त भएपछि असुल उपर गर्ने उता कर्मचारी नियुक्त हुनको लागि घुस दिएर भएपनी जागीर प्राप्त गर्ने फेरि उसले पनि भ्रष्टाचार नै गर्ने । पुजीवादले समाजको नजीर पनि यस्तो बनाइदिएको छ कि, कुनै मानिसको सफलता असफलता भनेको उसको आर्थिक पक्ष नै हुन्छ।

“पुजीवादले सामन्तवादलाई परास्त गर्नका लागि चार सय वर्ष लामो निर्णायक संधर्ष चलाउनुपरेको थियो। यो व्यबस्थाले जन्माएको विकराल समस्या, यहि व्यवस्थाले समाधान गर्न सक्दैन । यसको विकल्पमा आएको नयाँ व्यवस्थाले मात्र यसलाई निषेध गर्दछ।

भ्रष्टाचारिलाई कार्वाही हुनु पर्छ तर यो कुराको समाधान कार्वाहीले मात्र हुने भए कुन देशमा यसको कानुन नहोस् । तर खै किन भ्रष्टाचार रोकिएको छैन। यो व्यवस्थामा मुख्य शक्ति नै पुजीमा हुने हुँदा यस चिजलाई प्राप्त गर्न मानिस जुन हदसम्म पनि जान आज तयार भएको देखिन्छ ।  पुजीवादले सामन्तवादलाई परास्त गर्नका लागि चार सय वर्ष लामो निर्णायक संधर्ष चलाउनुपरेको थियो।

यो व्यबस्थाले जन्माएको विकराल समस्या, यहि व्यवस्थाले समाधान गर्न सक्दैन । यसको विकल्प आएको नयाँ व्यवस्थाले मात्र यसलाई निषेध गर्दछ। किनकी हिजो यो व्यवस्थाले सामन्तवादमा भएको धेरै समस्याको हल गरेको थियो। पुजीवादले निम्त्याएको समस्याको समाधान पुजीवाद शितै हुँदैन । पुजीवाद र भ्रष्टाचारको अन्तरसम्बन्ध धेरै गहिरो छ। पुजीवादी व्यवस्थाले भ्रष्टाचारलाई जन्म दिएको हो भ्रष्टाचारले पुजीवादलाई हैन। त्यसकारण पुजीवादी व्यवस्थाको अन्त्य नै भ्रष्टाचारको अन्त्य हो। 

✍️ प्रदीप सुनुवार, (हाल- काठमाण्डौ )

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...