News Portal

वडाध्यक्ष सफिकद्वारा खाद्य सामाग्री सहयोग

सौरभ गिरी
३८२ पटक
नेपालगन्ज १६, २०७६ चैत

बाँकेको नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्।

सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई दैनिक छाक टार्न मुस्किल परिरहेको बेला अध्यक्ष बेहनाले आफ्नो ब्यक्तिगत खर्चमा प्रत्यक परिवार बराबर १० किलो चामल, अरहरको दाल, नुन र तेलको बोतल दिएर सहयोग गरेका छन्।

लकडाउनमा मजदुरी गर्ने बिपन्न परिवार काम गर्नबाट बन्चित रहेको समयमा उनीहरुलाई एक हप्तालाई पुग्ने रासन दिएको अध्यक्ष बेहनाले बताए।

कोरोना जस्तो महामारी फैलिएको अवस्थामा मजदुरी गर्ने समुदायकालाई भोकै बस्ने बाध्यता नहोस् भन्ने सोचका साथ मैले आफ्नो ब्यक्तिगत रुपबाट सहयोग गरेको छु।

एक हप्ता पुग्ने रासन सामाग्री पाए पश्चात् बिपन्न समुदायकि निर्मला रेग्मीले यस्तो विषम परिस्थितिमा अध्यक्ष सरले मानबताको नाताले यत्रो ठुलो सहयोग गर्दा आफ्नो परिवार अब भोकै नमर्ने बताइन्।

त्यस्तै खाद्यान्न सामाग्री पाएका करुणा राई जस्तै सबैले आँखा भरी खुसीका आशु बर्षाउदै अध्यक्ष बेहनालाई हृदयदेखि धन्यवाद दिए।

अध्यक्ष बेहनाले लकडाउन पुन: लम्बिएमा आफुले फेरि सहयोगको बारेमा सोच्ने बताए। अध्यक्ष बेहना नेपालगन्जमै सबैभन्दा सहयोगी जनप्रतिनिधिका रुपमा चिनिन्छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...