News Portal

भारतले नेपाली गीत किन गरायो बन्द ?

हिमाली संचार संवाददाता
१०७४ पटक

यो गीत अत्ति नै सान्दर्भिक छ आजको दिनमा। ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’, खासमा कालापानी हाम्रो भू-भाग हो तर १९६२ देखी भारतिय सेनाले कब्जा गरेर बसेको छ। यो गीतको शब्दले भारतिय सेनालाई माछिको विम्व प्रयोग गरेर लखेट्न जाउँ भन्दै श्रोताहरुलाई प्रेरित गर्दछ।

‘आ रैछ घाउ १८ को नालापानीमा, यसले हाम्रा विर पूर्खाहरूले १८ औँ शताब्दीमा लडेर गरेको सुगौली सन्धिको घाउ अझै छ भन्छ नालापानीमा।

त्यसै गरी ‘नेपाली खै कुरो बुझेको मनपरि जनसङ्ख्या बढेको, जनसङ्ख्याको मतलब हो। बढ्दै गरेको छिमेकको देशबाट Illegally नेपालमा ह्वात्त बढेको जनसङ्ख्या। यो गीतले त १५ वर्ष अघि नै भविष्यवाणी गरेको थियो। भनिन्छ २००९ साल देखि करिब ८० लाख भारतियहरूले नेपाली नागरिक्ता पाईसके। तेही भएर त आज खुलेआम देश टुक्र्याउन् कुरा गर्छन् त।

‘थुनिदेउ नचाहिने ढोका स्वदेशी हो कम्मरै कस’, यसले हाम्रो खुला सिमालाई बन्द गरौँ भन्छ। विदेशीको नोकरीको भर छैन, फर्केर आउँदा घर छैन, यसको मतलव हो। विदेशमा नोकरी गरेर घर फर्कँदा छिमेकीले घर कब्जा गरिसक्छ।

‘पशुपतिनगर, जङ्गेपिलर, यी हाम्रो सिमाका क्षेत्र हुन् जुन् मिचिँदै छन् दिनदिनै। त्यसैले नेपालीहरू सबै जागौँ। पूर्खाले बनाएको देशलाई हामीले रक्षा गर्नुपर्छ। नेपाल रहे मात्र हामी रहन्छौँ।

यो गीतको भिडियोमा पनि हेरौ:

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...