News Portal

काठमाडौंमा ट्राफिक प्रहरीको विशेष अप्रेशन, बढी भाडा लिने ९ जना पक्राउ

हिमाली संचार संवाददाता
२९७ पटक

काठमाडौँ -महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडालिने ९ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमालालकाजि घिसिङ, दिपक तामाङ, श्याम थापा मगर, नरेश लामिछाने,दिल बहादुर भण्डारी, भुवन लामा, राजेन्द्र थापा, संगम दुत्त मग्रान्तीर सुव्वा बोहरा रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको जानकारी दिए ।
उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने बताए ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ।

यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ।

महाशाखाका प्रवक्ता  प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए। उनीहरुले गाडी चढ्न अघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाइएको छ ।

बिश्वव्यापी रूपमा फैलिदै गएको कोभिड – १९ (कोरोना) भाईरस संक्रमणबाट बच्न सतर्कता अपनाउदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...