News Portal

धनुषाका पत्रकारहरुले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने

हिमाली संचार संवाददाता
४२१ पटक

घनश्याम मिश्र
जनकपुरधाम ०२, २०७६ चैत : गत पुष २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनामा न्याय माग्नका लागि भन्दै पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने निर्णय गरेका छन्।

घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकले सम्बन्धित निकायले न्याय दिलाउन चासो नलिएपछि जनकपुर उपमहानगरपालिकासहित घटनामा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित काम गरेका पत्रकारहरुलाई कारवाही गर्ने निर्णय सर्वसम्मतिले गरेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव किरण कर्णको संयोजकत्वमा रहेको संघर्ष समितिले ७ दिनभित्र आक्रमण परेका पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित समाचार सम्प्रेषण गरेका संचार माध्यमविरुद्ध समेत मुद्दा दायर गर्ने निर्णय गरेको छ।

समितिको निर्णय विपरित समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानविनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दीपक कर्णको सहभागितामा ३ सदस्यीय समिति समेत गठन गरिएको छ।

सो समितिले छानविन गरी प्रतिवेदन महासंघको जिल्ला शाखालाई बुझाउने र सोही प्रतिवेदनका आधारमा महासंघले कारवाही प्रक्रिया अघि बढाउने छ।

जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई योजनाबद्ध तरिकाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा उनकै उपस्थितिमा कुटपिट गरिएको थियो।

घटना पश्चात उपमहानगरपालिकाले केही पत्रकारको नामै किटान गरी अपराधी र गुण्डा लगायतका शब्द प्रयोग गरेकोले कारवाही गर्ने गरेको थियो।

उपमहानगरपालिका केही कर्मचारी र वाह्य व्यक्ति सम्मिलित समूहको आक्रमणबाट पत्रकार राजा झा, अमरकान्त ठाकुर, सुभाष कर्ण र सुमित मिश्रलाई घाइते भएका थिए। कुटपिट गर्नुका साथै पत्रकारहरुको संचार सामग्री क्यामेरा र मोबाइल समेत खोसेर तोडफोड गरिएको थियो।

घटनाको केही दिनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अगुवाई सर्वपक्षीय बैठकबाट घटनामा संलग्नहरुलाई कारवाही गर्ने निर्णय गरिएको थियो।

तर सो निर्णय आजसम्म कार्यान्वयन हुन सकेको छैन। धमेन्द्र साह भन्ने एक व्यक्तिलाई पक्राउ गरिएपनि दुइ दिन पछि तारिखमा रिहा गरिएको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...