News Portal

होलीमा उच्छृंखल गतिविधिमा संलग्न २५ जना पक्राउ, २ हजार सवारीसाधन कारबाहीमा

हिमाली संचार संवाददाता
४१८ पटक

काठमाडौं २७, २०७६ फागुन : होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। होलीमा उच्छृंखल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकामध्ये २२ पुरुष र ३ महिला छन्। काठमाडौंका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेहरूलाई महाराजगन्ज, बालाजु, कालीमाटी लगायत प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ। त्यस्तै, उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरेको हो। कारबाहीमा पर्ने १ हजार ६ सय ४५ दुई पांग्रे तथा २ सय ९६ चारपांग्रे सवारीसाधन छन्।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादकपदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए।

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको बताए। ती दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए।

५ सय ६६ ट्राफिक प्रहरीलाई काममा खटाइएको थियो। त्यस्तै, गत वर्षको तुलनामा यसपटक सवारी नियम उल्लंघन गर्ने गतिविधिमा कमी आएको छ।

गृह मन्त्रालयले महारामारीका रूपमा फैलिएको कोरोना भाइरसका प्रभावका कारण औपचारिक रूपमा नमनाउन सबैलाई आग्रह गरेको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...