News Portal

गुण्डाकाे भाषा बाेल्नेलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको गल्ती हो : डा.केसी

हिमाली संचार संवाददाता
७४० पटक

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै विश्लेषक सुरेन्द्र केसीले खरो रुपमा आफूलाई प्रस्तुत गरेका छन्।

बास्कोटाको चरित्रको बयान गर्दै उनि माथि खनिएर उनले आफ्नो आक्रोश प्रधानमन्त्रीमाथि पोखेका छन्।

दुई कौडीकोलाई मन्त्री बनाउदा यो हबिगत भएको भन्दै उनले कडा व्यंग्य गरेका छन्।

एउटा गुण्डाले बोल्ने भाषा नेताले बोलेको भन्दै आफ्नो हैसियत भुल्ने मन्त्रीले कारबाही भोग्नु पर्ने सम्म उनले भन्न भ्याए भने यो सबै भ्रष्टाचार गर्न प्रधानमन्त्रीले लगाएको समेत आरोप लगाएका छन्।

ओलीले नै आफू पछाडी बसेर यो गर त्यो गर भन्दै यस्तो हालत भएको केसीको ठहर छ। एक महिना अगाडिको अडियो पाउदा समेत चुप बसेका ओलीले किन अगाडि नै राजिनामा दिन लगाएनन् सबै कारण आफै हुन् उनि केसीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।

बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए। उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...