News Portal

गुण्डाकाे भाषा बाेल्नेलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको गल्ती हो : डा.केसी

हिमाली संचार संवाददाता
६९० पटक

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै विश्लेषक सुरेन्द्र केसीले खरो रुपमा आफूलाई प्रस्तुत गरेका छन्।

बास्कोटाको चरित्रको बयान गर्दै उनि माथि खनिएर उनले आफ्नो आक्रोश प्रधानमन्त्रीमाथि पोखेका छन्।

दुई कौडीकोलाई मन्त्री बनाउदा यो हबिगत भएको भन्दै उनले कडा व्यंग्य गरेका छन्।

एउटा गुण्डाले बोल्ने भाषा नेताले बोलेको भन्दै आफ्नो हैसियत भुल्ने मन्त्रीले कारबाही भोग्नु पर्ने सम्म उनले भन्न भ्याए भने यो सबै भ्रष्टाचार गर्न प्रधानमन्त्रीले लगाएको समेत आरोप लगाएका छन्।

ओलीले नै आफू पछाडी बसेर यो गर त्यो गर भन्दै यस्तो हालत भएको केसीको ठहर छ। एक महिना अगाडिको अडियो पाउदा समेत चुप बसेका ओलीले किन अगाडि नै राजिनामा दिन लगाएनन् सबै कारण आफै हुन् उनि केसीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।

बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए। उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...