News Portal

  • युवा गजलकार श्रीराम स्वरुपको ‘खरानी’ गजल संग्रह प्रकाशित

    हिमाली संचार संवाददाता
    १०५९ पटक

    काठमाडौं २९, २०७६ माघ : लेखक एवम् साहित्यिक व्यक्तित्व श्रीराम स्वरुपको साहित्यिक कृति ‘खरानी गजल संग्रह’ प्रकाशित हुने भएको छ। पाल्पाको पहाडी भेग बगनासकाली-८ मा जन्मिएका स्वरुपले विभिन्न लेख रचनाहरु लेख्दै आएका छन।

    उनका लेखहरु गौतम बुद्ध सन्देश साप्ताहिक, आवाज सम्प्रेषण लगायतका विभिन्न पत्रिकाहरुमा प्रकाशित भईसकेका छन भने दर्जन बढी अनलाइन पोर्टलहरुमा उनका लेखहरु प्रकाशित भईरहन्छन।

    विभिन्न पत्रिकाहरुमा संवाददाताको रुपमा समेत काम गर्दै आएका उनि खरो युवाको रुपमा चिनिन्छन। निरन्तरतामा क्रमभंगतालाई रुचाउने स्वरुप शिक्षण पेसामा समेत कुनै समय संलग्न थिए।

    हाल समाजशास्त्र बिभाग अन्तर्गत स्नातकोत्तर पढ्दै गरेका स्वरुप विद्यार्थी आन्दोलनहरुमा समेत अनुभव बटुलेका विद्यार्थी हुन। ‘स्वास्थ्य तथा साहित्य प्रतिस्ठान, पाल्पा’ को प्रकाशनमा उक्त कृति प्रकाशित हुन लागेको हो।

    स्वरुपको यो पहिलो साहित्यिक कृति पनि हो, जसमा पछिल्लो समय युवा पुस्तामा निकै प्रिय गजलकार प्रदिप रोदन लगायतको शुभकामना रहने बुझिएको छ।

    स्वरुप बहुप्रतिभाका ब्यक्ति समेत हुन। उनले श्रृङ्गारिकता र प्रगतिशीलता दुवै धारमा रहेर उत्कृष्ट गजल रचना गर्न सक्छन। उनले लेखेका मध्ये ‘जागिर खोज्दा खोज्दै म मरेँ भने के गर्छस सरकार’, ‘झुल टाँग्न किला ठोक्दा कराउँछ घरबेटी’, ‘डोजर लगाउँछु’ यसअघि निकै रुचाईएका गजलहरु हुन।

    पछिल्लो पुस्तामा किताब प्रतिको ध्यान न्यून भएको अवस्थामा बजारका ठेलि पुस्तकहरु भन्दा काँटछाँट गरेर बनाईएको पुस्तक ‘खरानी गजल संग्रह’ले कत्तिको युवा पुस्ताको रोजाइ बन्न सक्ला हेर्न बाँकी नै छ।

    प्रकाशनको रुपमा रहेको गजलले आफ्नो जिन्दगी भन्दा पनि क्षमता भई भई खुम्चिएर बस्न बाध्यता भएका बहुसंख्यक ब्यक्तिको मनमा उक्त विषयवस्तु मिल्न जाने भएकाले किताब प्रकाशन गर्नु आफ्नो उद्देश रहेको उनले बताएका छन।

    उदियमान युवा गजलकार स्वरुपको ‘खरानी’ ले पाल्पाली साहित्य इतिहासमा थप योगदान पुग्ने आफ्नो शुभकामना सन्देश मार्फत व्यक्त गर्दै उक्त साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका पुष्कर अथक रेग्मीले जनाएका छन। रेग्मीका दर्जन बढी साहित्यिक कृतिहरु यसअघि नै प्रकाशित भईसकेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको...

    आज २०८२ साल भदौ १० गतेको राशिफल

    आज भदौ १०, २०८२ (अगस्त २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...