News Portal

पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

३६६ पटक

पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा–१ निवासी ती बालिकामा संक्रमण पुष्टि भएपछि प्राथमिक उपचारपश्चात थप उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार बालिकाले सुरुमा ज्वरो र टाउको दुखाइको समस्या देखाइन्। उपचारका लागि उनलाई रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। तर अवस्था गम्भीर हुँदै गएपछि सदरमुकाम तानसेनतर्फ लगिने क्रममा बाटोमै मृत्यु भएको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्क्रब टाइफस सानो कीराको टोकाइबाट फैलिने रोग हो। यसमा उच्च ज्वरो, टाउको र शरीर दुख्ने, वान्ता, पेट दुख्ने, पखाला, खोकी लाग्ने, आँखाको गेडी रातो हुने जस्ता लक्षण देखिन्छन्। उपचार ढिला भएमा कलेजो, मस्तिष्क, फोक्सो लगायत भित्री अंग प्रभावित भएर मृत्यु हुनसक्ने बताइन्छ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष पाल्पामा मात्रै २३८ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ। गत वर्ष २०८१ मा पनि २२५ जना संक्रमित फेला परेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...