News Portal

पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

२९२ पटक

पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा–१ निवासी ती बालिकामा संक्रमण पुष्टि भएपछि प्राथमिक उपचारपश्चात थप उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार बालिकाले सुरुमा ज्वरो र टाउको दुखाइको समस्या देखाइन्। उपचारका लागि उनलाई रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। तर अवस्था गम्भीर हुँदै गएपछि सदरमुकाम तानसेनतर्फ लगिने क्रममा बाटोमै मृत्यु भएको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्क्रब टाइफस सानो कीराको टोकाइबाट फैलिने रोग हो। यसमा उच्च ज्वरो, टाउको र शरीर दुख्ने, वान्ता, पेट दुख्ने, पखाला, खोकी लाग्ने, आँखाको गेडी रातो हुने जस्ता लक्षण देखिन्छन्। उपचार ढिला भएमा कलेजो, मस्तिष्क, फोक्सो लगायत भित्री अंग प्रभावित भएर मृत्यु हुनसक्ने बताइन्छ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष पाल्पामा मात्रै २३८ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ। गत वर्ष २०८१ मा पनि २२५ जना संक्रमित फेला परेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...