News Portal

चितवनमा २८ जना स्वाइन फ्लुका बिरामी

हिमाली संचार संवाददाता
६९३ पटक

वसन्त पराजुली

भरतपुर, ७ भदौ  – चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका हुन् ।
“गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो”,कलेजका प्रयोगशाला प्रमुख डा. सन्जय यादवले भन्नुभयो ।

यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हँुदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हँुदै ‘मल्टि अर्गान फेलर’अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ । तर चितवनमा यो रोगले मानिसको ज्यान लिएको छ वा छैन भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन । चितवन मेडिकल कलेजमा अहिले पनि यो रोगबाट जटिल अवस्था भएका सात ÷आठ जना बिरामीले आईसीयूमा उपचार गराइरहेका छन् ।

जिल्लाको एक मात्रै सरकारी अस्पताल भरतपुर अस्पतालमा यो रोगका लागि परीक्षण गर्न विशेष युनिट नै स्थापना भएको छ । अस्पतालका रिसर्च टेक्नोलोजिष्ट जेसी राना मेडिकल कलेजका विरामी योे सूचीमा नआएको बताउनुहुन्छ । “सरकारी अस्पतालमा भदौको पहिलो पाँच दिनमै ५२ वटा गरिएको नमुना परीक्षणमा इन्फ्लूयन्जा ए का बिरामी १३ जनामा देखिएको छ”,रानाले भन्नुभयो ।

इन्फ्लूयन्जा ए भित्र एच वान एन वान पनि पर्छ । यसको आधिकारिक पुष्ट्याइ भने काठमाडाँैमा थप परीक्षण पछि मात्रै भन्न सकिने रानाले बताउनुभयो ।
“थप परीक्षण गरी एच वान एन वान हो वा होइन भनेर स्पष्ट गर्न काठमाडौँ पठाइएको छ । यसको केही दिनमा रिपोर्ट आएपछि मात्रै यसै भन्न सकिन्छ”,उहाँले भन्नुभयो ।

अहिले चितवनमा चितवन मेडिकल कलेजले रगतको माध्यमबाट गरिने परीक्षण ‘आईजीएम इलाइजा’वाट र भरतपुर अस्पतालमा नाक र मुख भित्रको र्याल र सिँगानको परीक्षण गरी स्वाइन फ्लुका किटाणु पहिचान गरिन्छ । भरतपुर अस्पतालका फिजिसियन डा. राजु वानिया इन्फ्लुयन्जा ए (एच वान एन वान)बाट सर्तक रहनुपर्ने धारणा राख्नुहुन्छ ।

“अहिले नै महामारी भयो भनेर डराउनु पर्दैन तर पनि सर्तक भने रहनुपर्छ ”, उहाँले भन्नुभयो । चितवन मेडिकल कलेजका चिकित्सकहरू भने इन्फ्लुयन्जा ए (एच वान एन वान)को सङ्क्रमण चितवनमा जटिल वन्दै गएको जिकिर गर्नुहुन्छ ।
“रुघा खोकी मात्रै लाग्यो भनेर बस्नेहरूको अवस्था त परीक्षण सम्म आइपुगेकै छैनन् । जटिल अवस्थाका बिरामीहरुको परिक्षण गर्दा मात्रै पनि यतिका धेरै बिरामी भेटिनु जटिल अवस्था हो”,एक चिकित्सकले भन्नुभयो ।

स्वास्थ्य सेवा विभागमा सरुवा तथा महामारी रोग हेर्ने जनस्वास्थ्य अधिकृत रेशम लामिछाने चितवन इन्फ्लुयन्जा ए (एच वान एन वान) को जोखिम जिल्लामै रहेको वताउनुहुन्छ ।

“चितवन इन्फ्लुयन्जा ए (एच वान एन वान) को जोखिम जिल्ला हो । यस रोगको सङ्क्रमणबाट बृद्धबद्धा,बालबालिका र दीर्घरोगीलाई बढी जोखिम हुन्छ”, उहाँले भन्नुभयो ।

“यो रोग बिरामीबाट अरुलाई नसरोस् भन्न बिरामीले खोक्दा,हाच्छुँउ गर्दा मुख छोप्नुपर्छ । भीडभाड भएको ठाउँमा जानुहँुदैन”,उहाँले जानकारी दिनुभयो । जनचेतना विस्तारका लागि जिल्ला जनस्वास्थ कार्यालयसँग समेत बजेट नभएको अहिलेको अवस्थामा स्थानीय तहहरूले रोग नियन्त्रणका लागि जनचेतना जागाउनु नै उत्तम हुने उहाँको सुझाव छ । (रासस)

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...