News Portal

  • मगर सँघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भुजेल सर्वसम्मत

    हिमाली संचार संवाददाता
    ४४८ पटक

    कुवेत १८,२०२० जनवरी : नेपाल मगर सँघ कुवेत शाखाको आयोजनामा मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ कुवेत शाखाद्वारा हिजो १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरिय हलमा तेश्रो अधिवेशन तथा माघे संक्रान्ति भव्य रूपमा सम्पन भयाे।

    शुक्रबार सम्पन्न कार्यक्रममा सँघका अध्यक्ष मित्र सिन्जाली मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमका नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी प्रमुख रहेका थिए भने बिशेष अतिथिमा नेपालबाट पाल्नु भएका नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा उपअध्यक्ष बल बाहादुर काम्बाङ,यसैगरी कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो।

    सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए। यसैगरी नेपाली राष्ट्रिय गीत र मगर राष्ट्रिय गित द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। कार्यक्रममा सँघ सचिब श्रवण गाहा मगरले स्वागत मन्तव्यद्वारा उपस्थितलाई स्वागत गरेका थिए भने सँघका नि वर्तमान अध्यक्ष मनु भुजेल मगर ले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व माघे सकराती बताए। भने कोषाध्यक्ष केदार आले मगरले हिसाब किताब प्रष्ट पर्नु भएको थियो।

    तेश्रो अधिवेशन तथा “माघे संक्रान्ति”कार्यक्रमलाई शुभकामना आदानप्रदान प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र सामाजिक कार्यमा अग्रसर मगर सँघ कुवेतलाई धन्यवाद दिदै नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटकीय नेपाल र कुवेतबीच रही आएको मैत्रिपूर्ण सम्बन्ध लाई Visit Nepal Year 2020 जस्ता अभियानले पर्यटन क्षेत्रलाई विकसित तथा विस्तार गर्दै लैजाने साथै दुइ देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने विश्वास ब्यक्त गर्नु भयो।

    नेपाल बाट पल्नु भएका बिशेष आथिती नेपाल मगर सँघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले पनि प्रवास को ठाँउ पनि आफ्नो मगरहरुको मगर संस्कृति, भाषा, भेष-भूषा एवं जातिय उत्थान तथा संरक्षण अनी मगराँतहरु एकजुट देखेर एकदमै खुशी हुनु भएको थियो। हाल नेपालमा अहिलेको सरकारले के कस्तो गरेको छ। नेपाल मगर सँघ के गर्दै र अब आउने दिनहरुमा कसरी एक हुने भन्ने कुराहरु बताउनु भएको थियो।

    यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, किरात राई यायोक्खा शाखा कुबेतका अध्यक्ष मन्जित राई, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब कुबेतका अध्यक्ष डम्बर रिमाल, नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा उपाध्यक्ष बल बाहादुर काम्बाङ, तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा गुरुङ, तमु समाज कुबेतका अध्यक्ष राजु गुरुङ, पर्बात समाज कुबेतका अध्यक्ष ईन्द्र भुसाल, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका प्रतिनिधी कृष्ण खड्का लगयतले माघे सकरातीको शुभकामना मन्तव्य दिएका थिए।

    तेश्रो अधिवेशन तथा “माघे सकराती कार्यक्रमलाई अतिनै भब्य सब्य थप मनोरन्जन बनाउन को लागि आफ्नो मगर पहिचान र मौलिकता भेष भुषामा सजिएको झल्काउने खालका नृत्य झाउरे, मारुनी, सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै माघे सकराती कार्यक्रमलाई सुगन्ध भर्ने काम सँघका कलाकारहरुले बिभिन्न नृत्यहरु साथै लाइभ लोकदोहोरी गीत प्रदर्शन गरी उपस्थित सम्पूर्ण लाई भरपुर मनोरन्जन दिलाएको थियो। भने कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु खाजा नास्ताले स्वगात गरेका थिए।

    केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको बिशेष उपस्थितिमा माघे सकराती तथा तेश्रो ऐतिहासिक अधिवेशनमा निर्बिरोध चयन हुनु भएको मनु भुजेल मगरको ३ बर्षको नयाँ कार्यसमितिका पदाधिकारीलाई महासचिव ज्ञानेन्द्र पुन मगरद्वारा सपथ खुवाएको थियो।

    उक्त अधिवेशन तथा माघे संक्रान्ति कार्यक्रमलाई भव्य र सभ्यताका साथ सफल बनाइदिनु हुने नेपालबाट पाल्नु भएका नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर, नेपाली राजदुतावास कुवेत उपस्थित सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी सम्पूर्णलाइ सभापति मित्र सिन्जाली मगरले धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

    नेपाल मगर सँघ कुवेत शाखको तेश्रो ऐतिहासिक अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको छ। जसमा:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...