News Portal

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

२६५ पटक

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ समिति गठन गरिएको छ।

मिति १८/१/२०२६ मा कुवेतमा सम्पन्न एक औपचारिक भेलाबाट राम न्यौपाने संयोजक र सदस्य सचिव मुन्ना गिरि दुई सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको छ । समितिको सदस्य–सचिवमा मुन्ना गिरि चयन भएकाे छ।

भेलामा संगठनका प्रमुख अतिथि खड्क विष्ट र विशेष अतिथि अमर परियारको उपस्थिति रहेको थियो। भेलाले कुवेतमा रहेका नेपालीहरूलाई संगठित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ।तदर्श समितिको भेला फर्वनियाको डम्पा चौतारी रेस्टुरेन्टमा भएको थियो।

नवगठित तदर्थ समितिले कुवेतमा रहेका राप्रपा समर्थक नेपालीहरूलाई एकताबद्ध गर्दै संगठन विस्तार, वैचारिक प्रशिक्षण तथा पार्टीको राजनीतिक एजेन्डालाई प्रवासी नेपाली समुदायबीच सशक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रमुख राजनीतिक दलहरूमध्ये एक हो। जसले संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनालाई आफ्नो मूल वैचारिक आधार बनाउँदै आएको छ। बहुदलीय प्रजातन्त्र, राष्ट्रियता, स्वाधीनता, सुशासन, सामाजिक न्याय तथा नेपाली मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन राप्रपाको राजनीतिक दर्शनका प्रमुख आधार हुन्।

२०४७ सालपछि बहुदलीय व्यवस्था पुनःस्थापना भएको परिवेशमा स्थापना भएको राप्रपाले पञ्चायती व्यवस्थापछि राजनीतिमा प्रवेश गरेका विभिन्न राष्ट्रवादी तथा राजतन्त्र समर्थक धाराहरूलाई एकीकृत गर्दै संगठित रूप लिएको देखिन्छ। पार्टीले लोकतान्त्रिक मूल्य–मान्यतालाई स्वीकार गरे पनि वर्तमान गणतान्त्रिक संरचनाले देशको स्थिरता, सुशासन र राष्ट्रिय एकता कमजोर बनाएको निष्कर्ष निकाल्दै वैकल्पिक राजनीतिक व्यवस्थाको बहस अघि सार्दै आएको छ।

संवैधानिक राजसंस्थाको पुनःस्थापना, नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाभिमानको रक्षा तथा विदेशी हस्तक्षेपको विरोध राप्रपाका प्रमुख राजनीतिक एजेन्डा रहेका छन्। नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानलाई राजनीतिक व्यवस्थासँग जोडेर हेर्ने दृष्टिकोणका कारण राप्रपा राजतन्त्रवादी तथा हिन्दू राष्ट्रवादी विचारधाराको प्रतिनिधि दलका रूपमा परिचित छ।

समग्रमा, वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्ट तथा परम्परागत मूल्य–मान्यतामा विश्वास गर्ने वर्गका लागि राप्रपा वैकल्पिक राजनीतिक शक्तिका रूपमा रहँदै आएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...