News Portal

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

३८४ पटक

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिललगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।

संस्थाका एक सदस्यका अनुसार दुःखीको सहारा परिवार कुवेतको मुख्य उद्देश्य नेपालमा रहेका असहाय, उत्पीडित तथा दुःखमा परेका व्यक्तिहरूलाई सकेको सहयोग गर्नु हो। कुवेतमा घरेलु कामदार तथा विभिन्न कम्पनीमा काम गरिरहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो पारिश्रमिकबाट बचत गरेको रकम संकलन गरी संस्थामार्फत नेपालमा सहयोग गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो।

विद्यालयलाई गरिएको यो सहयोगलाई समाजसेवाको दृष्टिले अत्यन्तै सराहनीय कार्यका रूपमा हेरिएको छ। विदेशमा श्रम गरेर कमाएको सानो–सानो बचत रकमबाट नेपालमा विद्यार्थीहरूको शिक्षामा सहयोग गर्नु प्रशंसायोग्य कदम हो।

तर, यसैक्रममा एउटा विडम्बनापूर्ण र दुःखलाग्दो पक्ष पनि सार्वजनिक भएको छ। कुल ४४५८१ रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गर्ने क्रममा ३१,९८५ रुपैयाँ खर्च भएको देखिएको छ। अर्थात् कुवेतबाट पठाइएको रकमको ठूलो हिस्सा सामग्री वितरणभन्दा खर्चमै सकिएको तथ्य बाहिर आएको हो।

दुःखीको सहारा परिवार कुवेतबाट पठाइएको सम्पूर्ण रकम अधिकतम रूपमा विद्यार्थीहरूकै हितमा प्रयोग हुनुपर्ने अपेक्षा स्वाभाविक हो। तर खर्चको यस्तो अनुपातले समाजसेवाको मर्म, पारदर्शिता र सहयोगप्रतिको विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ।

समाजसेवा निस्वार्थ भावनामा गरिने कार्य हो। विदेशमा कठिन श्रम गरेर कमाएको रकम यसरी खर्चमा धेरै जाने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको सरोकारवालाहरू बताउँछन्। भविष्यमा यस्ता सहयोग कार्यक्रमहरूमा खर्च व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...