News Portal

  • साउदी उड्ने तयारी गरेका तनहुँका शिवबहादुरलाई जिन्दगीले यसरी धोका दिएपछी…

    हिमाली संचार संवाददाता
    ६३१ पटक

    विनोद ढुंगाना/दुलेगौँडा
    तनहुँ ०४, २०७६ पौष : विदेश गई धनपैसा कमाएर परिवारलाई सुखसयलमा राख्ने सपना सजाएका थिए। तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २३ वर्षिय शिवबहादुर थापा साउदी जानलाई भिसा आइसकेको थियो।

    साउदी उड्नलाई काठमाडौँ जाने अघिल्लो दिन पनि उनी सदाको जस्तै बिजुलीको काम गर्न निस्किए। दैनिक पाँच सय रुपैयाँ ज्यालादारीमा उनले ठेकेदारमार्फत बिजुलीको काम गर्थे। दुई वर्षदेखि परिवारको गुजारा टार्न बिजुलीको काम गरिरहेका उनको २०७० असार  ६ गते कालो दिन बनिदियो।

    बिजुली मर्मत गर्न पोलमा चढेका उनको टाउकोले थ्रिफेज लाइनको तारलाई छुदाँ नसोचेको दुर्घटना भईदियो। केहीबेर उनलाई करेण्टले झुन्डायो। केही बेरपछि नौ मिटरको अग्लो पोलबाट पछारिए।

    करेण्टले उनको अनुहार डढेको छ। शरिरको विभिन्न भागको मासु निकालेर उनको डढेको अनुहारमा मासु राखिएको छ। नाक बनाइएको छ। सास फेर्नलाई नाकमा पाइप जोडिएको छ। देब्रे आँखा मासुले ढाकिएको छ भने दाहिने आँखाको ज्योति गुमेको छ।

    झरीसकेको भिसा र मेनपावरलाई बुझाएको पासपोर्ट परिवारलाई खुसी राख्ने उनको सपना करेन्टले खरानी बनाईदियो। उक्त दुर्घटनापछि उनले निकै कष्टकर जिवन बिताइरहेका छन्। दुर्घटनामा गम्भीर घाइते बनेका उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगएिको थियो।

    ‘हप्ता दिनसम्म होस आएको थिएन। सबैले बाँच्नुहुन्छ भन्ने आश मारिसकेका थिए’, श्रीमती संगीता थापा मगरले ६ वर्ष अगाडीका घटनालाई सम्झदै भनिन्।

    होस खुलेपछि उनलाई काठमाडौस्थित सुष्मा कोईराला मेमोरियल अस्पतालमा उपचार गरियो। महिनौको उपचारपछि उनी बोल्न र चल्न सक्ने भएको उनले बताईन्।बोल्न सकेपनि मुढो लडेजस्तै हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘तीन वर्ष जति भयो लठ्ठी टेकेर हिँडडुल गर्न सक्ने भएको।

    चिकित्सकले रकम जुटाउन सके नयाँ आँखा राखेर गुमेको ज्योति फर्काउन मिल्ने बताएका छन्। त्यसैले त शिवलाई उपचार गरेर फेरी संसार हेर्ने आशा पलाएको छ। तर, आर्थिकस्थित कमजोर छ। घर घडेरी केही छैन। श्रीमतीले बिजुली अफिसमा काम गर्छिन्। त्यहाँबाट आउने तलबले घरखर्च र नौ वर्षिय छोरी पुर्णिमालाई पढाउनुपर्छ।

    उपचार खर्चिलो छ। ३० लाख रुपैयाँ लाग्ने चिकित्सकलाई उदृत गर्दै शिव बताउँछन्। हालसम्म औषधी उपचारमा १८ लाख रुपैयाँ बढी खर्च भइसकेको छ। सुरुदेखि नै चन्दा संकलनबाट उपचार गरिएको उनले बताए। ‘सहयोग पाए भने मैले देख्न सक्छु’, उनले भने, ‘सबैको सहयोगले नै अहिलेसम्म बाँचेको छु।

    आँखाको ज्योति गुमेपनि हिम्मत गुमेको छैन। आँट र साहस छ। आँखा देखेपछि केही गर्न चाहान्छु।’ सहयोग गर्न चाहानेले मुक्तिनाथ बिकास बैंकको खाता नम्बर ००९२०१०००७३२८१०००००१ रकम जम्मा गर्न उनको अनुरोध छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...

    युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली...

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर...

    केपी ओली सरकार हिटलरी मार्गमा

    – कमला थापा २०८२ भदौ २३ गते। आजबाट नाति पुस्ताको आन्दोलन सुरु भयो। १९९७, २०१२/१५...