News Portal

दक्ष कलाकार बन्न चाहनेहरुका लागि खुसीको खबर’ बरिष्ट संगीतकार प्रकाश गुरुङको हातबाट “तरना कला केन्द्र”को उद्घाटन सम्पन्न

हिमाली संचार संवाददाता
७६८ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र जति फराकिलो छ त्यति नै मात्रामा ब्यवासाहिक रुपले साँघुरो पनि छ । यस्तो अवस्थामा पनि कला र साहित्यको धनि हाम्रो देशमा दिन प्रतिदिन नव कलाकारहरुको उदयमान भैरहेको छ । तर यसरी नव उदयमान कलाकारहरु कतिले त आफु समर्पित विधाको कुनै ज्ञान हाँसिल नगरी यस क्षेत्रमा प्रवेश गरेकोले छोटो समयमा नै पलाएन भएका घटनाहरु पनि हामीले प्रसस्त्र मात्रामा देख्दै आएका छौं । त्यसैले कलाकारिता क्षेत्र प्रति रुची राख्दै आफ्नो नामलाई सर्वप्रिय बनाउन चाहने हरुका लागि “तरना कला केन्द्र” को आज मात्रै उद्घाटन सम्पन्न भएको छ ।

बरिष्ट संगीतकार प्रकाश गुरुङको हातबाट दियो बाल्दै सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा पत्रकार, सर्वसाधरण, संगीतकर्मी, र यस “तरना कला केन्द्र” बाट सिक्षा लिएर आफु कलाकारिता क्षेत्रमा परिचित हुन चाहनेहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो नाम उच्च बनाउन सफल गायिका बसन्ती लामा द्वारा संचालित “तरना संगीत केन्द्र” को उद्घाटन समहारोहमा उपस्थिति जनाएका अतिथि-प्रमुख अतिथि लगाएतले कला र साहित्यको धनि हाम्रो देशमा अझै धेरै कलाकारहरु जन्म यस कला केन्द्रले गराउने छ भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

काठमाडौँको बौद्ध गेट नजिकै रहेको यस कला केन्द्रमा भोकल, डान्स, गितार, बाँसुरी,हार्मोनिएम, भोइलिन्, मादल, पियानो, तबला, उद्घोषण लगाएतका कक्षाहरु चल्ने कुरा पनि जानकारी प्राप्त भएको छ । यस कलाको मन्दिर बाट ज्ञान हाँसिल गर्न चाहनु हुने महानुभाव हरुले ९८०३८९१८१९ र ९८६२५९३५६० सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...