News Portal

अर्काकी श्रीमती भगाउने वडाध्यक्ष माझी आफू जेल पुग्दा विगारे अर्काको घर

हिमाली संचार संवाददाता
६६९ पटक

तस्बिर : फाइल


रामेछाप ८, २०७६ मंसिर : अर्काकी श्रीमती भगाउने रामेछापको मन्थली नगरपालिका वडा नं ६ का वडाध्यक्ष गोपालवहादुर माझी अन्तत जेल चलान भएका छन्।

माझीलाई २ वर्षका लागि जेल चलान गरिएको छ। उनीसँगै सौता बन्न आएकी महिलालाई समेत २ वर्षको कैद सजायँ सुनाएको छ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश इश्वरीप्रसाद सापकोटाको इजलासले बिहीबार सो आदेश दिएको हो। यसअघि माझी र उनले ल्याएकी महिला पूर्पक्षका लागि कारागारमा थिए।

अदालतले दोषी ठहर गरेपछि माझीको वडा अध्यक्ष पद समेत गएको छ। विवाहित श्रीमती कृष्णमाया माझीलाई हेला गर्दै आएका भलुवाजोरका वडा अध्यक्ष माझी केही महिना अघि भक्तपुरबाट भगाएर ल्याएकी महिलासँगै पक्राउ गरिएको थियो।

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष माझी अर्काकी श्रीमतिसंग रंङ्गेहात समातिए

लामो समयदेखि अर्काकी श्रीमतीलाई आफ्नी भनेर माझीले भक्तपुरमा डेरा गरी बसेका थिए। विवाहित श्रीमती कृष्णमाया र माझीसँग बस्ने महिलाका श्रीमानले खोजी गर्दै उनीहरुसँगै भएको बेलामा प्रहरीलाई बोलाएर पक्राउ गराएका थिए।

माझीसँग श्रीमतीको रुपमा बसेकी महिलाका श्रीमान् बिदेशमा भए पनि स्थायी वासिन्दा पनि भलुवाजोरकै हुन। कृष्णमायाले वहुविवाहको अभियोगमा दुवैलाई कारवाहीको माग गर्दै जाहेरी दिएकी थिईन।

प्रतिकृया दिनुहोस्

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...