News Portal

  • तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष माझी अर्काकी श्रीमतिसंग रंङ्गेहात समातिए

    हिमाली संचार संवाददाता
    ५१३ पटक

    रामेछाप, २० जेठ : रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतिसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन।

    भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमति भएको भन्दै गएको मंसिर देखि कोठा लिएर वसेको सुइको पाएपछि माझीकी श्रीमति कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ मिलेर दुवैलाई गए राति ११:३० बजे कोठाबाट पक्राउ गरेका हुन ।

    पक्राउ परेका दुवै महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए। उनिहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले वताईन ।

    कुभिाण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुवईमा थिए । उनले श्रीमतिको बारेमा गाईगुई सुनेका थिए । २० दिन अघि काठमाण्डौं फर्केका उनले श्रीमतिलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।

    परिवारका केहि सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो । सिनामगंगलको होस्टलमा छोरा हालेको थाहा पाए । श्रीमति संग सम्पर्क कायम गर्नका कयौं प्रयत्न गरे तर सकेनन । सिन्धुली तिनपाटन माईति भएकी २७ बर्षिय श्रीमतिलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए ।

    उता केहि बर्ष देखि घरबाट निकालिएकी माझीकी श्रीमति कृष्णमायाले समेत श्रीमानको खोजि गरिरहेकी थिईन । काठमाण्डौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराज संग भयो । दुवै मिलेर खोज्न थाले।भक्तपुरको चारदोवाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमति भएर वसेको जानकारी पाएपछि खोज्दै उनिहरुको भएको कोठामा पुगे ।

    बाहिर माझीको मोटरसाईकल राखिएको थियो । कृष्णमायाले मोटरसाईकल चिनिन र पक्कै संगै छन भनेर प्रहरीलाई बोलाइएन । प्रहरी आएपछि कोठा खोल्न लगाउदा दुवै सगैं भेटिए । अनि श्रीमान श्रीमतिको रुपमा वसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटें ।

    गोपाल माझी र कृष्णमायाका ८ बर्षिय छोरा छन । उनी गोपाल सगैं छन । कृष्णमाया ४ बर्ष देखि माझी संग छैनन । ‘मलाई कम्ती सास्ती दिएको छैन’ माझी भन्छिन – मैले पहिले देखिनै गाईगाई सुनेकी थिएं, प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिईन, अव प्रमाण भेंटे मुद्धा दिन्छु । गोपाल र कृष्णमाया वेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध विच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन ।

    कृष्णमायाका अनुसार ४ दिन अघि गोपालले ति महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नया घर वनाएका छन । गृह प्रवेशका अवसरमा ति महिला पनि आएकी थिईन ।

    आईतबार उनले बहिनीसंग गाडिमा ति महिलालाई काठमाण्डौं पठाएका हुन । त्यसको केहि घण्टा पछि आफु मोटरसाईकलमा काठमाण्डौं हिडेका हुन । ‘घर प्रवेश भने पनि त्यसले बिबाहको भोग गरेको हुनुपर्छ ’ कृष्णमायाले भनिन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...