News Portal

  • सुर्य खड्का र नरेश बोहोराले सिमाको खबरदारी गर्दै ल्याए “नालापानी र लिपुलेख” गीत [भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ११९१ पटक

    तिलक बोहरा
    काठमाण्डौ ०३, २०७६ मंसिर : यतीबेला नेपाली जनताको रगत उम्लिरहेको छ त्यो नेपाली रोजगारको शिलशिलामा भारत, जापान, मलेसिया, सिउदीअरब, कतार, कुवेत चाहे बिश्वको कुनै पनि कुनामा होस।

    बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती माया र मोह हुन्छ भन्ने कुरा नेपालीहरूले आ-आफ्नो ठाउंबाट कुनै न कुनै माध्ययमबाट ब्यक्त गरेका छन्।

    सबैलाई अबगत नै छ कि पछिल्लो पटक भारतले नेपाली भुमी अतिक्रमण गरेर नक्सा निकालेको कुरा। यही कुराले बिर गोर्खालीको रगत उम्लिएको छ।

    आफ्नो जननीको रक्षाका लागि ज्यान दिन र ज्यान लिन पनि तयार भइरहेका छन। खुलेआम हातहतियार सहितका भारतिय सेना र पुलिसहरूको अगाडी डटेर आफ्नो भुमी छोड्न दवाव दिईरहेका छन।

    यही क्रममा भारतिय सेनामा कार्यरत रहेर पनि मातृभुमीमा भारतले गीद्दे नजर लगाएको सहन नसकी सर्जक नरेश बोहोराले खुकुरीले टाउको छिनाएको र गोर्खालीको छोरो भनि संसारभर चिनाएको कुरा भारतिय पक्षले नभुल्न र यदि कालापानी, लिपुलेक नछोडे त्यही हबिगत भोग्न तयार हुन आग्रह गर्दै गीत मार्फत आगो बालेका छन।

    जापानमा रहेर नेपाली गीत संगीतलाई माया गर्दै समसामयीक बिषय बस्तुका गीत गाउंदै धेरैको मन जित्न सफल स्वरका धनी गायक सुर्य खड्काले उक्त गीतलाई अत्यन्त उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...