News Portal

  • बेदनाको पोको नाचमा फुकाउन आइन् शान्ति रिजाल “चेलीको तीज”को साथमा (भिडियो सहीत)

    हिमाली संचार संवाददाता
    ७३५ पटक

    राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरुले पछिल्लो डिजिटल बजार ढाकेको छ । यो समयमा बिगत केहि बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाईरहेकी गायिका शान्ति रिजाल पनि यस भिड बाट अलग रहन सकिनन् । त्यसो त शान्तिले हरेक बर्ष नै नेपाली गीत संगीतका अनुरागीहरुका लागि बिभिन्न गीत संगीतहरु बजारमा ल्याउने गरेकी छिन् । सोहो क्रमको निरन्तरता पनि हुन सक्दछ, उनले यस बर्ष पनि तीज सांगीतिक कोसेली “चेलीको तीज” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

    तीज गीत भनेको हरेक नारीहरुको कथा व्यथामा  आधारित हुन पर्दछ, र यस्ता गीतलाई चिलिकै स्वरबाट सजिसजावट गर्दा अझै आराम्रो हुने हो, तर पछिल्लो समय पुरुष हाबी भएको तीज गीतको भिडमा उनले यस गीतलाई वास्तविक तीज गीतको सुगन्ध सहित बजारमा ल्याएकी हुन् । यस गीतमा शान्ति स्वयम् कै कर्णप्रिय स्वर लहरी सजिएको छ भने लय र शब्द शिब हमालले भरेका छन् ।

    प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोमा तारा कार्कीको नृत्य सहितको अभिनय देख्न सकिन्छ । “चेलीको तीज” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निश्चल के.सी ले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोको कपि राइट्स सवाधिकार ओम शान्ति फिल्म्स संग रहेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...