News Portal

बेदनाको पोको नाचमा फुकाउन आइन् शान्ति रिजाल “चेलीको तीज”को साथमा (भिडियो सहीत)

हिमाली संचार संवाददाता
७७९ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरुले पछिल्लो डिजिटल बजार ढाकेको छ । यो समयमा बिगत केहि बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाईरहेकी गायिका शान्ति रिजाल पनि यस भिड बाट अलग रहन सकिनन् । त्यसो त शान्तिले हरेक बर्ष नै नेपाली गीत संगीतका अनुरागीहरुका लागि बिभिन्न गीत संगीतहरु बजारमा ल्याउने गरेकी छिन् । सोहो क्रमको निरन्तरता पनि हुन सक्दछ, उनले यस बर्ष पनि तीज सांगीतिक कोसेली “चेलीको तीज” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

तीज गीत भनेको हरेक नारीहरुको कथा व्यथामा  आधारित हुन पर्दछ, र यस्ता गीतलाई चिलिकै स्वरबाट सजिसजावट गर्दा अझै आराम्रो हुने हो, तर पछिल्लो समय पुरुष हाबी भएको तीज गीतको भिडमा उनले यस गीतलाई वास्तविक तीज गीतको सुगन्ध सहित बजारमा ल्याएकी हुन् । यस गीतमा शान्ति स्वयम् कै कर्णप्रिय स्वर लहरी सजिएको छ भने लय र शब्द शिब हमालले भरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोमा तारा कार्कीको नृत्य सहितको अभिनय देख्न सकिन्छ । “चेलीको तीज” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निश्चल के.सी ले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोको कपि राइट्स सवाधिकार ओम शान्ति फिल्म्स संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...