News Portal

बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

हिमाली संचार संवाददाता
६९२ पटक

भदौ १ शुक्रबार
रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन थालेका छन ।

कलाकारहरुले असार महिनाको पहिलो साताबाट मुख्य बजारमा आएर कोठा वा खालि जमिन भाडामा लिएर मुर्ति बनाउन थालेका छन । उनिहरुले आफ्नो हस्तकलाको माध्यमबाट तीन महिनाको अबधिमा १ लाख देखि डेढ लाख रुपैयाँ सम्म कमाउने गरेकोे कलाकारहरु बताउछन ।

उनिहरुले पराललाई डोरीले बाँधेर हात,खुट्टा र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले उक्त आकृतिमा माटोले लिप्ने गर्दे छन । त्यसपछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्रीवितरण गर्ने गर्देछन। तराईका जिल्लाहरुमा असोज १ गते यस्ता मुर्तिहरुको बढी किनमेल हुने गरेको छ । आफ्नो जेठो दाजु बितेपछि आफ्नो घर खर्च चलाउनका लागि आफुले कक्षा ५ मात्रै पढेर छाडनु परेको जहदा गाउँपालिका घर भएका गौरीशंकर मंन्डलले वताए ।

अहिले यहि पेसाबाट आफुले ८ परिवार पालिरहेको उनले बताए । बुबाले पनि यही पेसामा लागेको हुनाले आफुले पनि बुबाको काम देखेर सिकेको समेत उनले बताए । बिगत १० बर्ष देखि आफु यो कलाकार पेसामा लागेको र आफुलाई राम्रो आम्दानीको स्रोत भएको उनको भनाइ छ । एक मुर्ति बराबर २ हजार रुपैयाँ प्रतिगोटा देखि १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन ।

असोज १ गते विशेषरुपमा बिश्वकर्माको पुजाआजा गर्ने गर्दछन । यस दिन यातायात,कलकारखाना तथा फलामको बस्तु रहेका सबै प्रकारका सरसामानहरुको बिशेष पुजा गरिन्छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...