News Portal

  • युएईमा हिमाल रेमिट दशैकप फुटबल खेल सम्पन्न

    हिमाली संचार संवाददाता
    ५६२ पटक

    आरपी ढुंगाना
    २ अक्टोबर २०१९ युएई : विजया दशमीको अवसरमा युएईमा ‘हिमाल रेमिट दशैँ कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। २७ सेप्टेम्बर शुक्रबार सम्पन्न उक्त रोमाञ्चक फुटबल प्रतियोगिताको विजेता शुन्य गोलका विरुद्ध १ गोलले काष्ठमण्डपलाई पछि पार्दै एनएसएसजी कल्ब पहिलो ‘हिमाल रेमिट दशैँ कप’ उचाल्न सफल भएको छ।

    विजेता टोलीले ५ हजार दिर्हम पुरस्कार राशि प्रदान गरिएको थियो। पोखरा ११ फूटबल क्लबको आयोजनामा संचालित यस प्रतियोगितामा यूएईभरका १७ टीम सहभागी थिए। गर्मी मौसमलाई ख्यालमा राख्दै प्रतियोगिता बिहीवार साँझ नै शुरू गरेर शुक्रवार बिहान सम्पन्न गरिएको थियो।

    नियमित रेमिट गर्नेलाई त अनेक भाग्यशाली पुरस्कार तर खेलाडीलाई के नि ? निक्कै नै पेचिलो प्रश्न हो यो। आफू थाकेर पनि दर्शकमा जोशको संचार गराउने खेलाडीहरू वास्तविक प्रशंसाका हकदार हुन्।

    यिनै निस्वार्थ खेलाडीको सम्मान स्वरूप हिमाल रेमिट दशैँ कप आयोजना गर्ने निधोमा आफू पुगेको हिमाल रेमिटका कमल पराजुलीले बताए।

    रातभर चलेको प्रतियोगितामा खेलाडीहरूको जोश र कला हेर्न लायकको थियो। सिमित अभ्यासका बावजूद खेलमा तालमेल राम्रो देखिन्थ्यो।

    घट्दो तापक्रमले साथ दिँदा हजारौँको संख्यामा दर्शक उपस्थिति भए र आफ्नो मनपर्दों टोलीलाई बाजागाजासहित समर्थन गरीरहे। प्रतियोगितामा दोस्रो हुने काष्ठमण्डपलाई ३ हजार दिर्हम। फेयर प्ले भने इनासले प्राप्त गर्यो।

    विजेतालाई बधाई र सबै फूटबल टीमहरूलाई सहभागिताको लागि हार्दिक धन्यवाद दिएका थिए। हिमाल रेमिटले यस प्रतियोगितालाई भव्यताकासाथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात सहयोगीहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ।

    दर्शक बेगर कुनै पनि प्रतियोगिता खल्लो हुन्छ। आफ्नो निंद्रा माया मारेर हिमाल रेमिट दशैँ कपलाई एकरात दिनुहुने दर्शकहरू प्रति कृतज्ञ रहेको हिमाल रेमिट युएईका प्रमुख कमल पराजुलीले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

    काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग...

    उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

    उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ...

    गण्डकी एमालेभित्र विद्या भण्डारीप्रति मतभेद, ओलीको काँध थाप्ने रणनीति?

    पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि...

    आज २०८२ साल भदौ १६ गतेको राशिफल

    आज भदौ १६, २०८२ (सेप्टेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

    काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की...