News Portal

  • सल्यान पश्चिम क्षेत्रमा एक महिलामा देखियो डेंगु

    हिमाली संचार संवाददाता
    ८१० पटक

    दुर्गा वि.सी.
    सल्यान ३१, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ६ काँराकोटकि २२ बर्षिया मिना वि.क डेंगु संक्रमित भएको अस्पतालले जनाएको छ।

    सुर्खेत मेहलकुना अस्पतालमा समान्य उपचार पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जनाएको छ। चेकजाँचमा संलग्न डाक्टरका अनुसार डेंगुको संकेत भेटिएको जनाइएको छ।

    उपचारमा भने भैैरहेको जनाएको छ। मेहेलकुना अस्पतालले समेत वि.कलाई डेंगुको संकेत रहेको जनाएको थियो। उपचारमा रहेकी मिनाका श्रीमान प्रेम वि.क.का अनुसार श्रीमतीको उपचार भैरहेको र डाक्टहरुले समेत डेंगु भएको वताउँनु भएको जनाइएको छ।

    वि.कको अन्तिम रिर्पोट आउन अझै बाँकी रहेकाले डेंगुसँगै अन्य रोगको समेत उपचार भैरहेको छ। करिव २ हप्ता देखि विरामी भएर थला परेकी श्रीमतीलाई स्थानीय मेडिकल तथा अस्पातलको औषधीले निको नभएपछि उपचारको लागि सुर्खेत लगिएको थियो।

    सल्यानको पश्चिम क्षेत्र समेत डेंगुको उच्च जोखिममा रहेको स्वास्थ्य कर्मिहरुको भनाई रहेको छ। भेरी नदि किनारमा वस्तीसँगै सल्लीवजार समेत निक्कै प्रदुषित रहेकोले स्थानीयलाई सचेत हुन सञ्जीवनी सामुदायीक अस्पताल सल्लीवजारका डाक्टर शुशिल मण्डलको आग्रह छ।

    वजारको नालीहरु निक्कै दुर्घन्दीत र खोला,खाल्साहरुमा फोहर पानीको मात्रा वढिरहेकोले उच्च सजगता अपनाउन भनिएको छ। यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको देखिन्छ।

    स्थानीय नागरिकलाई यसबाट वच्न सचेत रहन मण्डलको जोड छ। वर्षात अझै जारि रहेकोले यो रोगको संक्रमण वढ्न सक्ने उहाँको भनाई छ। गाउँघरमा डेंगु देखा पर्न थाल्यो भने वजारीकरण भएका क्षेत्रमा यसको झनै खतरा रहेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...