News Portal

  • गोमा कोइराला र शम्भु नेपालको “आयो दशैं…” बजारमा [भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ८११ पटक

    राजु बोहरा/काठमाडौँ।
    २६ भदौ २०७६ : नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीत भर्खरै बजारमा आएको छ।

    गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ। यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ।

    “आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ। गायक घमेशले यस अगिका गीतहरुबाट सामाजिक यथार्थता बोलेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन्। उनको स्वरमा बजारमा आएको गीतहरु मध्य नारनथानमा गेट बोलको गीत नेपाली सांगीतिक क्षेत्रमा इतिहाँस बन्न सफल भैसकेको छ।

    त्यसैगरी गायिका गोमा कोइरालाले पनि यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य संगीता पारखिहरुको ध्यान एकात्रित पारिसकेकी छिन्। उनि बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्छिन्।

    “आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन्।

    उनले पनि यस अगी धेरै गीतहरुमा आफ्नो लय तथा शब्द सिर्जना भरिसकेका छन्। सर्जक शम्भुले हामि सम्पूर्ण कलाकारहरुले नेपाली मौलिक कला संस्कृतिको जगेर्नाका निमित्त आफ्नो कलम चलाउन पर्ने धारणा राख्दछन्।

    प्रस्तुत गीतको म्युजिक भिडियोलाई राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको जिबन्त अभिनयले पनि थप सुगन्ध प्रदान गरेको छ।

    गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज खड्काले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एसकेले गरेका छन्। गीतको भिडियोको संगीतसरोबरको युटुब च्यानल मार्फत बजारमा आएको छ।

    भिडियो हर्न यहाँ क्लिक गर्नु होला।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...

    सर्वोच्चले एनआरएनए विवादबारे सुनाएको पुनरावलोकनको निस्साको अर्थ के हो ?

    ‘फैसला अनुसार काम सम्पन्न भइसक्यो’ काठमाडौं, असार ६ — सर्वोच्च अदालतको पूर्ण इजलासले गैरआवासीय नेपाली...

    सभामुखको पहलमा रास्वपासँग छलफल, संसद अवरोध नहुने आशा

    काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै...

    नवलपरासीमा यात्रुबाहक बस खोलामा बगायो, ४० जना यात्रुको सकुशल उद्दार

    नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख...

    बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु

    रबिन्द्र बराल/ मोरङ, असार ६ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी...