News Portal

  • तलव नपाएको भन्दै शिक्षकले छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय

    हिमाली संचार संवाददाता
    ७१७ पटक

    इन्द्र बुढाथोकी/सल्यान, ५ भदौ : सल्यानको एक विद्यालयमा शिक्षकले समयमा तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ।

    जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा नं. ४ देउलीमा रहेको बाललिला प्राथमिक विद्यालयका शिक्षक प्रकाश बुढाले समयमा तलव नपाएको भन्दै पढाउन छाडेपछि कार्यालय सहयोगीले पढाउदै आइरहेकी छन्।

    २०६६ सालमा स्थापना भएपनि हालसम्म एकजना पनि दरबन्दिमा शिक्षक नहुँदा नीजिस्रोतबाट शिक्षक राख्दै आइरहेको छ। कार्यालय सहयोगी राधिका परियार शिक्षक बनेर पढाई रहेकी छन्।

    विद्यालयको पठनपाठनमा भन्दा कार्यालयको काममा हाजिर भएपनि शिक्षक नहुँदा पढाउन बाध्य भएको परियारले बताइन । उनले भनिन ‘विद्यालयमा दरबन्दी शुन्य छ निजि स्रोतका एक शिक्षकले तलव नपाएको भन्दै छोडीसके अर्को एक जना हुनुहुन्छ उहाँले पनि विगत एक वर्षदेखि तलव पाउनु भएको छैन । उहाँलाई सहयोग गर्न मैलै पढाइ रहेकी छु।

    स्थानीय सरकार विद्यार्थीको भविश्यसँग जोडिएको शिक्षा क्षेत्रमा जिम्मेवार नभएको शिक्षिका जयन्ती बुढाले बताइन। विद्यालयमा सामान्य दैनिक आवश्यक पर्ने कागजातहरु, शिक्षक, विद्यार्थी हाजिरी चक डस्टर आफ्नो व्यक्तिगत लगानीमा किन्ने गरेको उनको भनाई छ। उनले भनिन साना विद्यार्थीको भविश्य नविग्रियोस भनेर तलव विनै एक वर्षदेखि पढाई रहेकी छु । त्यतिमात्र नभएर कार्यालयमा आवश्यक पर्ने सामागी समेत किन्दै आइरहेकी छु।

    निजिस्रोतका शिक्षकलाई भने अनुसार तलब दिन नसक्दा र समयमा तलव दिननसक्दा शिक्षकले बिचमै विद्यालय आउन बन्द गर्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर बुढाले बताए।

    नगरपालिकामा शिक्षा क्षेत्रमा छुट्याएको करोडौ बजेट फिर्ता हुन्छ तर नगरपालिका भित्रका सामुदायिक विद्यालयको अवस्था भने निकै दर्दनाक छ उनले भने। ‘कहि कतै आम्दानीको स्रोत छैन र विद्यार्थीबाट शुल्क उठाउन पाइदैन। गाउँमा गएर चन्दा उठाउने हो सबैले दिदैनन्। शिशुदेखि कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयमा २६ विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...