News Portal

कुवेतमा सवारी दुर्घटनामा फेरी २ नेपालीको मृत्यु  

हिमाली संचार संवाददाता
८६० पटक

कुवेत, ८ अगस्ट : कुवेतमा बुधबार सवारी दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ। मृत्यु हुनेहरूमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन्। उनीहरूको बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको हो।

उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलकाअनुसार काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं. ५१ मा मृतकहरु चढेको सबारी साधनको चक्का पड्किएर ईमर्जेन्सी लेनमा सबारी साधन पार्क गरि बाहिर निसक्ने क्रममा अर्को तर्फवाट आएको ठूलो गाडीले उनिहरुलाइ लतारेको थियो।

उक्त दुर्घटनामा काभ्रेका गोकर्ण घिमिरेको घटना स्थलमै तथा दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाइ अस्पतालले डिस्चार्ज गरि सकेको छ भने दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन।

सन २०११ देखि कुवेतमा कार्यरत दुबै जना मृतकहरु उक्त कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए। घटनाको बारेमा नेपाली राजदूताबवस कुवेतमा जानकारी आएपछी दूतावास प्रतिनिधि फर्वानिया अस्पताल पुगेर सम्पुर्ण जानकारी लिएको थियो।

नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाले पत्रकार हरिकृष्ण न्यौपानेसंग कुराकानी गर्दै भनिन” मृतकहरुको शब पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले आजै देखि नै काम शुरू गर्नेछ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...