News Portal

प्रचण्डमाथि पनि बदला सुरु हुने चेतावनी : माधवकुमार नेपाल

३३५ पटक

काठमाडौं, भदौ १३ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रतिशोधको राजनीति अघि सारेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा भएको पार्टीको ७ नम्बर क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उपेन्द्र यादव र प्रभु शाहमाथि पहिले नै बदला सुरु भइसकेको र अब सो क्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि सुरु हुने चेतावनी दिए।

उनले भने, “अब बदला उपेन्द्र यादव र प्रभु शाहमाथि सुरु भइसकेको छ। यो शृंखला प्रचण्डसम्म पुग्छ। कोही बाँकी बच्नेवाला छैन।”

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनभित्र अधिनायकवाद मौलाएको टिप्पणी गरे। उनले एमालेभित्रका कार्यकर्ताहरू पीडामा रहेको र ‘आँसु झार्ने ठाउँ खोज्दै हिँडिरहेको’ चित्रणसमेत गरे।

नेपालले २०७४ सालमा कम्युनिष्ट पार्टीले बहुमत ल्याउँदा संविधान संशोधन र ऐन–कानून निर्माणमा गति दिन नसक्नुको दोष ओलीलाई दिँदै पार्टी कार्यकर्तालाई समाज परिवर्तनतर्फ सक्रिय हुन आह्वान गरे।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...