कुवेत, ७ अगस्ट : बंगाली नागरिकद्वारा हत्या गरिएकी नेपाली चेली सम्बन्धि समाचारमा कुवेतस्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ।
उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र आत्मसम्मानमा चोट पुगेको भन्दै दुखेसो व्यक्त गरेपछि कुवेतमा क्रियासिल पत्रकारहरुको एक समुह उनलाई भेट्न उनी कार्यरत स्थलमै पुगेर माफी मागेको छ भने अब आगामी दिनहरूमा सो गल्ती नदोहोर्याउन पिडितले अनुरोध गरेकी छिन।
पिडितले हालसम्म आफ्ना तस्वीर जो कोहिबाट सार्वजनिक गरीएको भए पनि उक्त तस्वीरलाई हटाईदिन अनुरोध गरेकी छन्। उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो सार्वजनिक गरेका थिए ।