News Portal

टेरिष्टोरियल प्रबिधिबाट प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमै टीभी हेर्ने सेवा

हिमाली संचार संवाददाता
५३० पटक

काठमाडौं : नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ। टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा सुरु गरेको छ।

प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाउने छन् । यसका लागि प्रभु समूहले हाल मोबाइल एप्लिकेसनमार्फत् टीभी सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको छ। पाँच लाख बढि ग्राहकले डाउनलोड गरिसकेको नेट टीभी एप अब प्रभु टीभीका रूपमा रिब्रान्डिङ भएको छ ।

नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको एप्लिकेसन डाउनलोड गरी पहिलेको सेवा निर्वाध प्रयोग गर्न पाउनेछन्। मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ साथै निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट सेल मोवाईल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ। प्रभु टीभी एपमा प्रयोगकर्ताले स्वदेशी तथा बिदेशी च्यानलको लाइभ प्रसारण हेर्न सक्नेछन भने मन परेका कार्यक्रम रेकर्ड पनि गर्न सक्छन ।

साथै ग्राहकले अन डिमान्ड फिल्म पनि हेर्न पाउनेछन् । प्रभु टीभीले आगामी दिनमा इन्टरनेटमार्फत् टीभी बितरण सेवा(आइपीटीभी) समेत आरम्भ गर्ने तयारी गरिरहेको छ । आइपी टीभी सेवा सुरु भएपछि ग्राहकले टीभी सेट, मोबाइल तथा ल्यापटमा समेत टीभी हेर्न पाउनेछन् भने एउटै केवलमार्फत् टीभीसँगै इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।

सुरुवातमा प्रभु टिभिले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवा प्रदान गरेको थियो । त्यसपछि सुनसरी, धरान, दमक, भैरहवा, बुटवल, नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा समेत आफ्नो सेवा प्रारम्भ गरिसकेेको प्रभु टीभीले जनकपुर र बीरगन्जमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...