News Portal

यस बर्षको तीज गीतमा गीतकार सन्ध्या के.सीको “पसिना” (भिडियो सहित)

हिमाली संचार संवाददाता
८०९ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र संग सम्बन्धित कलाकारहरुले समय र परिस्थितिलाई बुझेर बिभिन्न गीत संगीतहरु बजारमा ल्याइरहेका हुन्छन् । त्यसैले पनि यी यस्ता गीत संगीतमा लोकका कुरा हुन्छन् र आफ्नै कला संस्कृति र मौलिकताका कुरा हुन्छन् । सोहि क्रममा आफ्नै कला संस्कृति र मौलिक पनको जगेनार्थ हिन्दु नेपाली नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै पछिल्लो पटक बिभिन्न गीत संगीतहरु बजारमा आइरहेका छन् ।

यसैको सेरोफेरो भित्र रहेर बहुप्रतिभाका धनी चर्चित गायक तथा संगीतकार नेत्र भण्डारीको लय, स्वर र महिमा बिश्वकर्माको स्वरले सजिएको “पसिना” बोलको गीत पनि हालै मात्र मालती डिजिटल प्रालिको प्रस्तुतिमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भैसकेको छ । प्रस्तुत गीतमा पछिल्लो पटक उत्कृष्ट गीत लेखन शैलीबाट सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कुशल गीतकार सन्ध्या के.सीको शब्द सृजना रहेको छ ।

गीतको मिठासता जस्तै म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा उत्कृष्ट अभिनय मार्फत धेरै दर्शकको मन जित्न सफल गायक तथा मोडल सुमन परियार र करिश्मा ढकालको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन अजय रेग्मिको गरेका हुन् भने सम्पादन दिपक बिष्टको सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...