News Portal

  • संचारकर्मी सविताको परिचय अब गितकारमा, बिरानो भो माइतिको आँगनी” विमोचित

    हिमाली संचार संवाददाता
    ९६० पटक

    राजु बोहरा/काठमाडौँ – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय धेरै तिजका गितहरु बजारमा आइरहेका छन् । तर यस भित्र मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा पोहोर सालको तुलनमा यो साल समग्र तिज गितहरुले आफ्नै कला सस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने किसिमका गितहरु सार्बजनिक भैरहेका छन् । यसै क्रममा आज मात्रै बागबजारमा रहेको हेल्लो क्याफेमा शुभकामना म्युजिक प्रालिको प्रस्तुतिमा सबिता पोख्रेलको “बिरानो भो माइतिको आगनी” बिमोचन सम्पन्न भएको छ ।

    उन्नति बोहरा सीलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिमोचन कार्यक्रममा यस गीतकी गीतकार सबिता पोख्रेलले आफु जन्मी हुर्की आएको आफ्नै गाउँ परिबेसको यथार्थतालाई संगीतको माधुर्यता संगै बजारमा ल्याउने कोसिश गरेको हुनाले आफ्नो पहिलो प्रयासमा कुनै कमि कमजोरी भएमा सच्याउने मौका सहित हौसला प्रदान गरिदिनुहुन सबै श्रोता एवम् दर्शकहरु माझ अनुरोध गरेकी छिन् ।

    कायक्रममा गायक शिब परियारको पनि उपस्थिति रहेको थियो । शिवले तिज गित भनेको चेलीको भाव प्रकट गर्ने गित हो, तर पछिल्लो समयमा पुरुष हाबी भएको नेपाली तिज गीतको भिडमा यस गीतले छुट्टै स्थान बनाउने कुरामा ढुक्क रहेको बताएका छन् । प्रमुख अतिथि उन्नति बोहरा सिलाले आफुले निकै उत्कृस्ट गीत सुन्न पाएकोले यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गरेकी छिन् । भरत बम्जन लागएतका अन्य धेरै कलाकारहरुले पनि संचारकर्मी एवम् गीतकार सबिता पोख्रेलको यो प्रयासलाई शुभकामना ब्यक्त गर्नुका साथै आगामी दिनहरुमा थप अन्य गीतहरुमा पनि उनको सिर्जना सुन्नका लागि आशाबादी रहेको बताएका छन् । उक्त बिमोचन कार्यक्रमलाई गीतकार एवम् संचारकर्मी  राधिका अधिकारीले संचालन गरेको थिइन् ।

    प्रस्तुत गीतमा बिभिन्न गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता एवम् दर्शकहरुको मन मुटुमा बस्न सफल गायिका काब्य आचार्यको सुमधुर स्वर रहेको छ । काब्य आचार्यको नै लय सृजनाले सजिएको यस गीतलाई सबिता पोखरेलको शब्द लहरिले छपक्कै बेरेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । राजिब बलामी द्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...