News Portal

संचारकर्मी सविताको परिचय अब गितकारमा, बिरानो भो माइतिको आँगनी” विमोचित

हिमाली संचार संवाददाता
१०४८ पटक

राजु बोहरा/काठमाडौँ – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय धेरै तिजका गितहरु बजारमा आइरहेका छन् । तर यस भित्र मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा पोहोर सालको तुलनमा यो साल समग्र तिज गितहरुले आफ्नै कला सस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने किसिमका गितहरु सार्बजनिक भैरहेका छन् । यसै क्रममा आज मात्रै बागबजारमा रहेको हेल्लो क्याफेमा शुभकामना म्युजिक प्रालिको प्रस्तुतिमा सबिता पोख्रेलको “बिरानो भो माइतिको आगनी” बिमोचन सम्पन्न भएको छ ।

उन्नति बोहरा सीलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिमोचन कार्यक्रममा यस गीतकी गीतकार सबिता पोख्रेलले आफु जन्मी हुर्की आएको आफ्नै गाउँ परिबेसको यथार्थतालाई संगीतको माधुर्यता संगै बजारमा ल्याउने कोसिश गरेको हुनाले आफ्नो पहिलो प्रयासमा कुनै कमि कमजोरी भएमा सच्याउने मौका सहित हौसला प्रदान गरिदिनुहुन सबै श्रोता एवम् दर्शकहरु माझ अनुरोध गरेकी छिन् ।

कायक्रममा गायक शिब परियारको पनि उपस्थिति रहेको थियो । शिवले तिज गित भनेको चेलीको भाव प्रकट गर्ने गित हो, तर पछिल्लो समयमा पुरुष हाबी भएको नेपाली तिज गीतको भिडमा यस गीतले छुट्टै स्थान बनाउने कुरामा ढुक्क रहेको बताएका छन् । प्रमुख अतिथि उन्नति बोहरा सिलाले आफुले निकै उत्कृस्ट गीत सुन्न पाएकोले यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गरेकी छिन् । भरत बम्जन लागएतका अन्य धेरै कलाकारहरुले पनि संचारकर्मी एवम् गीतकार सबिता पोख्रेलको यो प्रयासलाई शुभकामना ब्यक्त गर्नुका साथै आगामी दिनहरुमा थप अन्य गीतहरुमा पनि उनको सिर्जना सुन्नका लागि आशाबादी रहेको बताएका छन् । उक्त बिमोचन कार्यक्रमलाई गीतकार एवम् संचारकर्मी  राधिका अधिकारीले संचालन गरेको थिइन् ।

प्रस्तुत गीतमा बिभिन्न गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता एवम् दर्शकहरुको मन मुटुमा बस्न सफल गायिका काब्य आचार्यको सुमधुर स्वर रहेको छ । काब्य आचार्यको नै लय सृजनाले सजिएको यस गीतलाई सबिता पोखरेलको शब्द लहरिले छपक्कै बेरेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । राजिब बलामी द्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...