News Portal

  • २५ औं बिश्व आदिवासी दिवसमा गायिका श्रेयसी चेम्जोङ र नेलिमा थापा मगर बहराईन आउँदै

    हिमाली संचार संवाददाता
    ४९८ पटक

    बहराईन, २५ जुन : हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन, तमू समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा भब्यताका साथ मनाउने निर्णय भएको छ ।

    १४ जुन २०१९ शुक्रबारका दिन संस्थाका अध्यक्ष झहर मान थेबेको अध्यक्षतामा सुम्निमा नेपाली रेष्टुरेण्टको सभा-हलमा बसेको संस्थाको पूर्ण बैठकले कार्यक्रमलाई मर्यादित, सभ्य र भव्य रुपमा सफल पार्नका निमित्त एक संयोजक समिति पनि गठन गरेको छ ।

    बैठकले नरेन्द्र घलेलाई संयोजक र कृष्ण खाम्चा मगरलाई सह-संयोजक चयन गर्दै जम्मा ९ सदस्यीय संयोजक समिति गठन गरेको हो ।

    महावीर पुन अध्यक्ष रहनु भएको “राष्ट्रिय आविष्कार केन्द्र” लाई आर्थिक सहयोग गर्ने लक्ष सहित राष्ट्रिय स्तरका कलाकारहरू क्रमश: विन्ध्यवासिनी पुरस्कार, नेशनल क्यापिटल अवार्ड, नेपाल सांगीतिक संघ लगायतका दर्जनौं पुरस्कार बिजेता तथा भर्साटायल गायिका श्रेयसी चेम्जोङ र नेपाल आईडल सिजन – २ को टप ७ मा पुग्न सफल एवं संसार भरिका दर्शकहरूको मन-मस्तिष्कमा बस्न सफल नव-उदयीमान गायिका निलिमा थापा मगरको धमाकेदार प्रस्तुतिहरूको साथमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    समयको माग र दर्शक-श्रोताहरुको आकांक्षालाई ध्यानमा राख्दै वर्तमान अवस्थामा अत्यन्तै लोकप्रिय र चर्चाको शिखरमा रहनु भएका राष्ट्रिय कलाकारहरूलाई छनौट गरिएको हो ।

    उक्त कार्यक्रममा, राष्ट्रिय कलाकारहरु को प्रस्तुतिको साथमा आदिवासीहरुको मौलिक संस्कृतिजन्य नृत्यहरू क्रमशः घाटु, कौडा, केलाङ, या:लाङ, तामाङसेलो, साकेला, स्याब्रु तथा लोक नृत्य हरू प्रस्तुत गरिनुका साथै आदिवासी जनजातीय पहिचानजन्य मौलिक भेष-भूषाहरू प्रदर्शन तथा मौलिक खानपिनका परिकारहरू पनि समावेश गरिने छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...