News Portal

२५ औं बिश्व आदिवासी दिवसमा गायिका श्रेयसी चेम्जोङ र नेलिमा थापा मगर बहराईन आउँदै

हिमाली संचार संवाददाता
५३६ पटक

बहराईन, २५ जुन : हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन, तमू समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा भब्यताका साथ मनाउने निर्णय भएको छ ।

१४ जुन २०१९ शुक्रबारका दिन संस्थाका अध्यक्ष झहर मान थेबेको अध्यक्षतामा सुम्निमा नेपाली रेष्टुरेण्टको सभा-हलमा बसेको संस्थाको पूर्ण बैठकले कार्यक्रमलाई मर्यादित, सभ्य र भव्य रुपमा सफल पार्नका निमित्त एक संयोजक समिति पनि गठन गरेको छ ।

बैठकले नरेन्द्र घलेलाई संयोजक र कृष्ण खाम्चा मगरलाई सह-संयोजक चयन गर्दै जम्मा ९ सदस्यीय संयोजक समिति गठन गरेको हो ।

महावीर पुन अध्यक्ष रहनु भएको “राष्ट्रिय आविष्कार केन्द्र” लाई आर्थिक सहयोग गर्ने लक्ष सहित राष्ट्रिय स्तरका कलाकारहरू क्रमश: विन्ध्यवासिनी पुरस्कार, नेशनल क्यापिटल अवार्ड, नेपाल सांगीतिक संघ लगायतका दर्जनौं पुरस्कार बिजेता तथा भर्साटायल गायिका श्रेयसी चेम्जोङ र नेपाल आईडल सिजन – २ को टप ७ मा पुग्न सफल एवं संसार भरिका दर्शकहरूको मन-मस्तिष्कमा बस्न सफल नव-उदयीमान गायिका निलिमा थापा मगरको धमाकेदार प्रस्तुतिहरूको साथमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समयको माग र दर्शक-श्रोताहरुको आकांक्षालाई ध्यानमा राख्दै वर्तमान अवस्थामा अत्यन्तै लोकप्रिय र चर्चाको शिखरमा रहनु भएका राष्ट्रिय कलाकारहरूलाई छनौट गरिएको हो ।

उक्त कार्यक्रममा, राष्ट्रिय कलाकारहरु को प्रस्तुतिको साथमा आदिवासीहरुको मौलिक संस्कृतिजन्य नृत्यहरू क्रमशः घाटु, कौडा, केलाङ, या:लाङ, तामाङसेलो, साकेला, स्याब्रु तथा लोक नृत्य हरू प्रस्तुत गरिनुका साथै आदिवासी जनजातीय पहिचानजन्य मौलिक भेष-भूषाहरू प्रदर्शन तथा मौलिक खानपिनका परिकारहरू पनि समावेश गरिने छ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...