News Portal

  • कलम सांस्कृतिक साँझ २०१९ युएईमा भव्यरुपमा सम्पन्न

    हिमाली संचार संवाददाता
    ५९५ पटक

    युएई : जेहेन्दार तथा आर्थिक विपन्न छात्रवृतिकोष “कलम” को सहयोगार्थ ठकुरी सहयोग सन्जाल युएई र सयपत्री रेस्टुरेन्ट अलकुजको संयुक्त आयोजनामा गरिएको कार्यक्रम “कलम साँस्कृतिक साँझ २०१९” गएको शुक्रबार क्लब एभरेष्ट वरदुबईमा भव्यरुपमा सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, विशिष्ट अतिथि नेपाली एसोसिएसनका अध्यक्ष डा.दिनेश आचार्य, विशेष अतिथि तथा अतिथिहरुमा एनआरएनए युएईका महासचिव कृष्ण पौडेल र ठकुरी सहयोग सन्जाल युएईका संरक्षक नरेश सेन, ठकुरी सहयोग सन्जालका महासचिव जीवन सिंह ठकुरी, कार्यक्रम संयोजक दिपक शाही ठकुरी (वरिष्ठ उपाध्यक्ष, ठकुरी सहयोग संजाल युएई), सयपत्री रेस्टुरेन्टका संचालकहरूद्वय प्रेम श्रेष्ठ र विकास शाही, समाजसेवी मदन अधिकारी र युएईस्थित संघसंस्थाहरूका प्रतिनिधिहरु थिए।

    कार्यक्रममा मनोरञ्जन दिन नेपालबाट पाल्नु भएका कलाकारहरु चर्चित सर्जक तथा गायक शिव हमाल, मोडल करिश्मा ढकाल, बाबू बोगटी, सुरेश राणा लगायत स्थानीय कलाकारहरूले आ-आफ्नो प्रस्तुति राखेका थिए।

    बालबालिहरूको भबिष्य उज्ज्वल बनाउने कोसिस यस “कलम” अभियान सफलताको उच्च शिखरमा पुग्ने छ। नेपालको कुनै पनि गरिब बालबालिका शिक्षाको ज्योतिबाट वन्चित हुन नपरोस भन्ने विश्वास राखेको छौ। संकलन रकम खर्च काटेर बाँकी सबै सहयोग हुने संयोजक दिपक शाही ठकुरीले बताउनु भयो।

    जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थी छात्रवृती कोष “कलम” को सहयोगार्थ “कलम सांस्कृतिक साँझ २०१९” भब्यरुपमा सफल पारी दिनु भएकोमा सम्पूर्ण सहयोगी हातहरुलाई कार्यक्रम संयोजक शाहीले धन्यवाद दिनु भयो ।

    कार्यक्रमलाई भब्य र सब्य बनाउन व्यक्तिगतरूपमा धेरै नेपालीमनहरू लगायतले आर्थिक सहयोग गरेका थिए भने कार्यक्रम संजाल युएईका अध्यक्ष भिम मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियोे। संजालका वरिष्ठ सल्लाहकार विश्वदेव शाहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संजालका सदस्य ओम कुमारी खाँड़ र हरी डांगीले सयुक्त रुपमा संचालन गरेका थिए।

    “कलम सांस्कृतिक साँझ २०१९” लाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुनेहरुको नामावली :

    १, डा.दिनेश आचार्य
    २, दिनेश मल्ल ठकुरी
    ३, राजेन्द्र शाही ठकुरी
    ४, सन्तोष मल्ल ठकुरी
    ५, तारा शाही ठकुरी
    ६, लोकेन्द्र बम ठकुरी
    ७, तोयानाथ लमसाल
    ८, जीवन कुँवर
    ९, शंकर श्रेष्ठ
    १०, तारा वंसी ठकुरी
    ११, शान्ता वंसी ठकुरी
    १२, दिनेश मल्ल अनि टिम
    १३, प्रदिप शाही
    १४, गोपिनी शाह
    १५, सन्ज
    १६, ‘एज व्यान्ड’ आयोजक ‘नेपालियन’ (रमेश क्षितिज, आशीष पुरूष, अनि टिम)
    १७, सृजना अधिकारी
    १८, निशा शाह
    १९, जीवन ठकुरी
    २०, बिष्णु प्रसाद पुडासैनी
    २१, प्रकाश जंग राईमाझी
    २२, सम्बु पोख्रेल
    २३, मदन अधिकारी
    २४, जि. बि. होलिडे, अलफाहिदि
    २५, नमस्ते ट्राभल्स, वरदुबई
    २६, अलअहलिया एक्सचेंज, युएई
    २७, गुल्मी सेवा समाज, युएई
    २८, नशा नेपाली बार, रोला, अलफाहिदि
    २९, सिटि एक्सप्रेस, युएई
    ३०, शुभयात्रा ट्राभल्स, वरदुबई
    ३१, पिपल ट्राभल्स, वरदुबई
    ३२, सन एन्ड मून ट्राभल्स, वरदुबई
    ३३, फिशटेल ट्राभल्स, वरदुबई
    ३४, प्रभासी नेपाली एक्ता समाज, युएई
    ३५, सन्जय गार्मेन्टस, वरदुबई

    स्थानिय कलाकारहरू:
    १, सुरज शाह
    २, सितल थापा मगर
    ३, सुनिता श्रेष्ठ
    ४, सुनिल जलरी
    ५, दिलु भन्डारी
    ६, दिपक गुरूंग (दिपिका) ईनाश, युएई
    ७, हरी डुम्रे
    ८, कृष्ण सुनार
    ९, नरेन सापकोटा
    १०, नरेन्द्र राणा क्षेत्री
    ११, मन्जु योन्जन लामा
    १२, दिनेश आचार्य

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११...

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...