News Portal

  • कुवेतमा चर्चित गायक निशान भट्टाराईले यसरी धमाका मच्चाए

    हिमाली संचार संवाददाता
    ४९९ पटक

    कुवेत : अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ भव्य रुपमा सम्पन्न भएको छ । शुक्रबार कुवेतको जिलिबस्थित ईन्डियन सेन्ट्रल स्कूलको हलमा अतिथि कलाकार चर्चित गायक निशान भट्टाराई लगायत कुवेतका स्थानीय कलाकारहरूका साथमा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ सम्पन्न भएको हो । “कलाकार अक्षय कोष निर्माण” का लागी साँस्कृतिक कार्यक्रमको आयोजना गरीएको हो ।

    संस्थाका अध्यक्ष सोम रसाइलीको सभापतित्वमा सम्पन्न साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि गैर आवसीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको रहेको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    कार्यक्रम सभापती, प्रमुख अतिथि, बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी साथै सँस्थाको पहिलो वार्षिक उत्सबको उपलक्ष्यमा केक काटी कार्यक्रमको उद्दघाटन गरिएको थियो भने नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो ।

    प्रमुख अतिथि र अतिथि कलाकारलाई पन्चे बाजाले स्वागत गरीयको थियो। कार्यक्रम प्रसाद तिमिल्सिना र भुवन सुबेदीले संचालन गरेका थिए भने उपस्थित अतिथिहरुलाई कार्यक्रम संयोजक नेहा राईले मन्तब्यबाट स्वागत गरेकी थिइन् ।

    कार्यक्रममा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल,पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरीकृष्ण न्यौपाने, समाज सेवी धुर्ब कुमार संघ्रौला, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामांग, समाज सेवी सुजन केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    साँस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुती स्वरूप नेपाली राष्ट्रिय झण्डा फहराउदै स्वागत गीत प्रस्तुत गरीएको थियो ।

    नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडल सिजन १ गायन प्रतियोगितामा सहभागी बनेर नेपाली संगीत प्रेमी स्रोता दर्शकका माझ चर्चित बनेका निसान भट्टराईले कुवेतका दर्शकहरूलाई नचाए।

    उनले “भिजिट भिसामा” गाउँदा दर्शकहरु जोडतोडले नाचे दर्शक हरुबाट वान्स मोर, वान्स मोर ‘ आईरहदा उक्त गीत २ पटकसम्म गाएका थिए। उनले ‘ लैजाउला मङसिर महिनामा’’ आफ्नै छायाँ ‘ बोलका गीत लगायत दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने स्थनीय कलाकारहरुले दर्शकहरुलाई थप मनोरन्जन दिलाएका थिए।

    कार्यक्रमको अन्तम सभापति तथा समाजका अध्यक्ष सोम रसाईलीले अतिथि, विशेष अतिथि, अतिथिहरु नेपालबाट पाल्नु भएका कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

    कार्यक्रममा उपस्थिती भई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघसंस्था, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि अन्तराष्ट्रिय कलाकार मन्च कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...