News Portal

  • युगल सांगीतिक साझमा सोताङ जोडीको रोमान्चक प्रस्तुति

    हिमाली संचार संवाददाता
    ४२७ पटक

    दोहा, १५ जुन : नेपाल पत्रकार महासंघ कतारको आयोजनामा उदय मनिला सोताङ युगल सांगीतिक साझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा शुक्रबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

    कतारस्थित पत्रकार महासंघको आयोजनामा महासंघका अध्यक्ष करिम बक्स मियाको सभापतित्वमा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित वाचनालय लगायतका सस्थाहरुका सहयोगमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक सम्क्षिप्त सुचना प्रवाह ब्यावस्थापन र सचेतना तालिम समेत पहिलो सेसनमा गरेका कार्यक्रममा, दोस्रो सेसनमा उदय मनिला युगल सांगीतिक साझमा उपस्थित सम्पुर्ण दर्शकहरु सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा मजाले झुमेका थिए।

    नेपाली सुगम संगीत क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात नै रोमान्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडेपछि बोलको गीत प्रस्तुत गर्दा दर्शक अत्यन्तै आकर्सित र उत्साहित बनेका थिए।

    उदय सोताङको ठट्यौलिसँगै रमाइलो गर्दै करिब अढाई घण्टाको सुमधुर लोकप्रिय गीत प्रस्तुतिमा दर्शक निकै नै झुमिरहेका थिए भने अन्त्यमा दर्शकको फर्माईसमा ४ वटा गीत पनि प्रस्तुत गरेर अझ दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए ।

    अत्यन्तै सभ्य र भव्यतको साथ सम्पन्न भएँको कार्यक्रम पत्रकार महासंघ कतारका केन्द्रीय सदस्य तथा रेगिस्तानि कवि तीर्थ संगम राईले संचालन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...