News Portal

बृहत साँस्कृतिक कार्यक्रमको तयारी पूरा, अतिथि कलाकार निशान भट्टराई बुधबार कुवेत आइपुग्ने

हिमाली संचार संवाददाता
४८३ पटक

कुवेत,११ जुन : अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” को लागि अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराई बुधबार कुवेतको समयानुसार बेलुकी ४:३० बजे कुवेतमा अवतरण हुने मंचका अध्यक्ष सोम रसाईलीले हिमालीसंचारलाई जानकारी दिए।

बृहत सांस्कृतिक कार्यक्रम २०१९”को लागि बुधबार (भोलि) बेलुकी ५ बजे आउनु हुने अतिथि कलाकारलाई स्वागतको लागी कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका प्रतिनिधी, समाजसेवी, कलाकार, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उपस्थितिका लागी आयोजकले अनुरोध गरेको छ।

मंचको उक्त प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” यही आउदो जुन १४ तारिक शुक्रबारको दिन कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा हुने भएको छ। उक्त कार्यक्रमको लागि कार्यक्रम स्थलसम्म जानको लागि कुवेतबासी नेपाली कला प्रेमी दाजुभाइ, दिदिबहिनीहरुलाई मध्यनजर गर्दै आयोजकको तर्फबाट यातायातको ब्यबस्था समेत गरिएको अध्यक्ष रसाइलीले बताए।

कार्यक्रममा जानको लागि फाहाहिल, मङाफ, महाबुल्ला, फिन्टास हुँदै कार्यक्रम हलसम्मका लागि रोहित तिमिल्सिना ६९३९५६०५ र खैतान, फर्वानिया हुँदै जिलिप कार्यक्रम हलसम्मका लागि कुमार तामाङलाई ६७७४०२३२ सम्पर्क गर्न सकिने बताइएको छ।

        तपशिल :

मिति : जुन १४ तारिख शुक्रबार २०१९
स्थान : ईण्डियन सेन्टरल स्कुल, जिलिब
समय : दिउँसो १२ बजे
आयोजक : अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...