News Portal

बृहत साँस्कृतिक कार्यक्रमको तयारी पूरा, अतिथि कलाकार निशान भट्टराई बुधबार कुवेत आइपुग्ने

हिमाली संचार संवाददाता
५४२ पटक

कुवेत,११ जुन : अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” को लागि अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराई बुधबार कुवेतको समयानुसार बेलुकी ४:३० बजे कुवेतमा अवतरण हुने मंचका अध्यक्ष सोम रसाईलीले हिमालीसंचारलाई जानकारी दिए।

बृहत सांस्कृतिक कार्यक्रम २०१९”को लागि बुधबार (भोलि) बेलुकी ५ बजे आउनु हुने अतिथि कलाकारलाई स्वागतको लागी कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका प्रतिनिधी, समाजसेवी, कलाकार, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उपस्थितिका लागी आयोजकले अनुरोध गरेको छ।

मंचको उक्त प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” यही आउदो जुन १४ तारिक शुक्रबारको दिन कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा हुने भएको छ। उक्त कार्यक्रमको लागि कार्यक्रम स्थलसम्म जानको लागि कुवेतबासी नेपाली कला प्रेमी दाजुभाइ, दिदिबहिनीहरुलाई मध्यनजर गर्दै आयोजकको तर्फबाट यातायातको ब्यबस्था समेत गरिएको अध्यक्ष रसाइलीले बताए।

कार्यक्रममा जानको लागि फाहाहिल, मङाफ, महाबुल्ला, फिन्टास हुँदै कार्यक्रम हलसम्मका लागि रोहित तिमिल्सिना ६९३९५६०५ र खैतान, फर्वानिया हुँदै जिलिप कार्यक्रम हलसम्मका लागि कुमार तामाङलाई ६७७४०२३२ सम्पर्क गर्न सकिने बताइएको छ।

        तपशिल :

मिति : जुन १४ तारिख शुक्रबार २०१९
स्थान : ईण्डियन सेन्टरल स्कुल, जिलिब
समय : दिउँसो १२ बजे
आयोजक : अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...