News Portal

तिज बिशेष सांगीतिक कार्यक्रममा गायिका पुर्णकला बिसि कुवेत आउदै

साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति !

हिमाली संचार डटकम
८८३ पटक
कमल सिंह ठकुरी

कुवेत, १० जुन : कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेतले नारीहरुको महान पर्व हरितालिका तिज भब्यताका साथ मनाउने भएको छ। सांस्कृतिक मञ्चले बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि आगामी ३० अगस्ट २०१९ शुक्रबारको दिन अतिथि कलाकार बहुचर्चित गायिका पूर्णकला बिसिको साथमा तिज मनाईने भएको मञ्चका अध्यक्ष गोबिन्द बरालले हिमालीसंचार डटकमलाई जानकारी दिए।

अतिथि कलाकार बहुचर्चित गायिका बिसिसंगै कुवेतका स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिको साथमा आफ्नो १९ ओं प्रस्तुती स्वरुप नेपाली महिलाहरुको महान चाड “हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम २०७६” कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बरालले बताए।

साथै उक्त दिन कुवेतमा कृयाशिल कुनैपनी संघसंस्थाहरुले कार्यक्रम नजुधाइ दिनुहुन मञ्चले अनुरोध समेत गरेको छ। गत बर्षको तिजको कार्यक्रमबाट हुनगएको असुबिधालाई मध्यनजर गर्दै यसपालिको कार्यक्रम ठुलो हलमा गरिने यसै समाचार मार्फत सांस्कृतिक मञ्चले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा जानकारी दिएको छ।

हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम नेपाल कुवेत सांस्कृतिक मंचको मात्र नभई सम्पूर्ण नेपालीहरुको आफ्नो कार्यक्रम भएको हुनाले सम्पुर्ण संघसंस्था र ब्यक्तीगत तर्फबाट आर्थिक, नैतिक तथा भौतिक सहयोगको अपेक्षा सहित उक्त दिनको कार्यक्रमलाई भब्य एवं सभ्य रुपमा सफल गराउन सम्पूर्णलाई उपस्थितिको लागि सांस्कृतिक मञ्चले निमन्त्रणा समेत दिएको छ।

       तपशिल :

मिति : ३० अगस्ट २०१९, शुक्रबार
समय : दिउँसो १ बजे
स्थान : ईन्डियन सेन्ट्रल स्कुल, जिलिब (गल्फ मार्टको ठीक अगाडि)
आयोजक : नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...