News Portal

  • तामाङ समाज युएईको आयोजनामा तेस्रो प्रस्तुति एसएमएस धमाका हुदै

    सांस्कृतिक सांझ !

    हिमाली संचार संवाददाता
    ४७६ पटक

    मानसिङ गुरुङ “मानु कोन्मे”
    युएई, ९ जुन : तामाङ समाज युएईले आउदो २०१९ जुलाई ५ तारीख शुक्रबार दिनको ठिक २ बजे देखि युएईको राजधानी आबुधाबीको मलायली समाज हल मुसाफामा सांगीतिक मनोरञ्जनका साथ सामाजिक कार्यमा योगदान पुग्ने एसएमएस धमाका – ३ सांस्कृतिक सांझ- २०१९ कार्यक्रम गर्ने भएको छ।

    उक्त कार्यक्रममा अतिथि कलाकारको रुपमा श्रोताहरुले सर्वाधिक रुचाएका गायक सुरेश लामाको सहभागिता हुने भएको छ भने कार्यक्रममा युएई प्रवासमा रहेका स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ।

    अतिथि कलाकार गायक सुरेश लामाको बिशेष प्रस्तुति रहने कार्यक्रम संयोजक तथा समाजका सचिव डिल्लीराम तामाङले जानकारि दिएका छन्। उक्त कार्यक्रमको मुख्य उद्देश्य तामाङ समाज युएईले शैक्षिक क्षेत्रको सहयोगार्थ सांगीतिक कार्यक्रम एसएमएस धमाकाको तेस्रो संस्करण आयोजना गर्न लागेको हो।

    तामाङ समाज युएईले २०१२ देखि सपोर्ट माइ स्कुल (एसएमएस) प्रोजेक्टको शुरूवात गरे संगै बिगत सात बर्ष देखि निरन्तर प्रत्येक बर्ष नेपालको विभिन्न जिल्लाहरुमा स्थापित सामुदायिक बिद्यालयहरुको शैक्षिक तथा पुर्वाधार बिकासको लागी आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।अझ यसै कार्यक्रम लाई सशक्त, प्रभावकारिता र निरन्तर अगाडी बढाउन सन् २०१७ साल देखी नेपाल बाट अतिथि कलाकारहरुको सहभागितामा प्रत्येक बर्ष एसएमएस धमाका सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

    शिक्षाको लागी संगीत अभियानको रुपमा अगाडी बढी रहेको सपोर्ट माइ स्कुल (एसएमएस) कार्यक्रम युएई प्रवासमा रहेका नेपालीहरुको अपार माया र साथका कारण सफलताका साथ सम्पन्न हुँदै आइरहेकोले यश बर्ष पनि एसएमएस धमाका – ३ (तेस्रो संस्करण) आयोजना हुन गइ रहेको छ। बिगतका बर्षका कार्यक्रमहरुमा नेपाल बाट अतिथि कलाकारको रुपमा गायिका सानू वाइवा र निर्माला घिसिङ र प्रवास युएईमा रहेका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।

    समाजले हालसम्म एसएमएस कार्यक्रम गरि विभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरु लाई आर्थिक सहयोग उपलब्ध गराइ सकेको छ। जसअनुसार २०१२ सालमा श्री जोगेश्वरी माध्यमिक बिधालय महादेवटार – १ काभ्रेलाई १०००००(एक लाख), २०१३ सालमा श्री घ्युल देबि निम्नमाध्यमिक बिधालय, गोल्चे – ३ सिन्धुपाल्चोकलाई १,११,१११(एक लाख एघार हजार एक सय एक), २०१४ सालमा श्री जनहित राष्ट्रिय प्राथमिक बिधालय पदमपुर – ८,चितवनलाई १,११,१११(एक लाख एघार हजार एक सय एक),२०१५ सालमा श्री सात कन्या प्राथमिक बिधालय थाङ्पालकोट – ८ सिन्धुपाल्चोकलाई १,११,१११ (एक लाख एघार हजार एक सय एक), २०१६ सालमा श्री दुप्चेश्वरी निम्नमाध्यमिक बिधालय सरमथली – ६ रसुवालाई १,११,१११ (एक लाख एघार हजार एक सय एक), २०१७ सालमा श्री कन्यादेबि निम्नमाध्यमिक बिधालय नेत्रवती – ४ धादिङलाई १,११,१११(एक लाख एघार हजार एक सय एक),२०१८ सालमा श्री भुमिदेबि माध्यमिक बिधालय मेघाङ – ३ नुवाकोट लाई रु.१,११,१११(एक लाख एघार हजार एक सय एक) पुर्वाधार तथा शैक्षिक बिकासको लागी रकम हस्तान्तरण गरि सकेको समाजका महासचिव सनिल घिसिङले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...